र्‍यापिड टेष्टमा काभ्रे र धादिङका थप ३ जनामा कोरोना पोजेटिभ « Khabarhub

र्‍यापिड टेष्टमा काभ्रे र धादिङका थप ३ जनामा कोरोना पोजेटिभ


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापिड टेष्टमा मंगलबार काभ्रे र धादिङका ३ जना युवामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका तीनै जना युवा विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिएका दुई जना काभ्रेका हुन् भने एक जना धादिङका हुन् ।

काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक/एक जनामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको हो ।

बेथान्चौक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए । किटमा पोजेटिभ देखिएपछि उनीहरु दुवैलाई धुलिखेल अस्पतालमा भर्ना गरेर पीसीआर विधिबाट स्वाब परीक्षण थालिएको छ।

यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापिड टेष्टमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका युवा  दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए ।

उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा पोजेटिभ देखिएका २७ वर्षीय युवालाई काठमाडौं पठाउने तयारी भइरहेको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानाकारी दिए ।

भारत र तेस्रो मुलुकबाट आउनेहरुलाई सबै गाउँपालिकामा र्‍यापिड टेस्ट किटमार्फत परीक्षण शुरु गरेको छ । मंगलवार मात्र ज्वालामुखी गाउँपालिकामा ३५ जनाको र्‍यापिड किटबाट परीक्षण गरिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : २२ बजे

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ