क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपैयाँ उपलब्ध गराइने « Khabarhub

क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपैयाँ उपलब्ध गराइने


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि अबदेखि रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए ।

“बस्ने ठाउँको व्यवस्था स्थानीय र प्रदेश सरकारले समेत गरेको छ र क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि प्रतिदिन रु ५१० का दरले उपलब्ध गराउने निर्णय भएको छ”, मन्त्री बस्नेतले भने ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न सरकारले तीन वटै सुरक्षा निकायलाई रु १५ लाखका दरले बजेट निकासा गर्ने निर्णय गरेको छ ।

नेपाली सेनाको पश्चिम पृतना, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीलाई रकम निकासा गर्ने निर्णय गरिएको सरकारले जनाएको छ । त्यसैगरि डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालामा काम गर्ने प्राविधिक, कर्मचारीले एक दिनमा बढीमा दुई हजार २२० का दरले खान, बस्ने रकमको सीमा तोकेको छ ।

त्यसैगरी सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेश मातहत ल्याउनका लागि काम अघि बढाउने भएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ६ : ३६ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी