लकडाउन अवधिमा दुई अर्ब रुपैयाँको दूध नोक्सान « Khabarhub

लकडाउन अवधिमा दुई अर्ब रुपैयाँको दूध नोक्सान


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको लकडाउन अवधिमा करीब दुई अर्ब दूध नोक्सान भएको छ ।

नेपाल डेरी एशोसिएशनले लकडाउनको २१ दिनका अवधिमा  पाँच अर्बको दुग्धजन्य सामग्री मौज्दात भएको जनाएको छ ।

एशोसिएशनका महासचिव प्रल्हाद दाहालका अनुसार दूध र दुग्धजन्य वस्तुको खपत बढी हुने शहर बजार क्षेत्रमा बस्दै आएका अधिकांश नागरिक गाउँ फर्केकाले दूध र दुग्धजन्य पदार्थको खपत ७० प्रतिशतले घटेको छ ।

दूध र दुग्धजन्य पदार्थको खपत कम भएपछि आज सातै प्रदेशका अध्यक्षसँग भिडियो कन्फ्ररेन्स गरेर एशोसिएशनले विभिन्न निर्णयसमेत गरेको छ ।

सरकारले अन्य क्षेत्रका व्यवसायमा जस्तै शून्य ब्याजमा ऋण, भ्याट तथा कर छुट, तत्काल पशुलाई खुवाउने दानाको व्यवस्थापन र दूध खेर जाँदा त्यसको उचित व्यवस्थापन गर्न एशोसिएशनले माग गरेको छ ।

दूध बिक्री नहुँदा किसानलाई दिनुपर्ने भुक्तानी र कर्मचारीको तलबमा समस्या भएको बताउँदै दाहालले सरकारले घरभाडा छुटको घोषणा गरेता पनि कार्यान्वयन नभएको गुनासो गरे ।

एशोसिएशनले वाग्मती प्रदेश सरकारले राहत प्याकेजमा आधा किलोको दरमा घ्यू समावेश गराउने निर्णय गरे जस्तै अन्य प्रदेशलाई समेत राहत प्याकेजमा समावेश गर्न आग्रह गरेको छ ।

दूधको खपत कम भएपछि दुग्ध उद्योगलाई सामान राख्न भण्डार क्षमतासमेत नभएको उनले बताए ।

डेरी एशोसिएसनको तथ्यांकानुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ७ : ४५ बजे

सुकुम्बासी बस्तीमा किताब खोजिरहेकी ईश्वरी भन्छिन्- मलाई बालेन सरकार मन परेन

काठमाडौं- थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएकी १५ वर्षकी ईश्वरी राई

बालेनलाई रविको सन्देश : जनताको विश्वास जित्न सके सरकार सञ्चालन सहज र प्रभावकारी हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको विश्वास जित्न

डिजिटल रूपान्तरण परियोजनाका लागि एडीबीसँग ऋण सम्झौता

काठमाडौं– नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल

भारत–न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर, शतप्रतिशत भारतीय निर्यात करमुक्त

नयाँदिल्ली– भारत र न्यूजील्याण्डबीच द्विपक्षीय व्यापार सम्बन्धमा सोमबारदेखि नयाँ युगको