चट्याङ्ले घरमा आगालागी, ६ पशुचौपाया जले « Khabarhub

चट्याङ्ले घरमा आगालागी, ६ पशुचौपाया जले


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लमजुङ- सुन्दरबजार नगरपालिका ११ तुर्लुङकोटमा चट्याङपछि आगलागी भएको छ । चट्याङले लागेर स्थानीय कूलप्रसाद पाण्डेको घरमा बिजुलीको मिटर बक्स पड्किएपछि आगलागी भएको हो ।

चट्याङले घरगोठ, नगद तथा पशुचौपायामा क्षति पुर्‍याएको छ । चट्याङले घर, नगद र गोठसहित पशुचौपाया जलेका छन् ।

सुन्दरबजार नगरपालिका ११ तुर्लुङकोटमा कूलप्रसाद पाण्डेको घरमा चट्याङ लागेर बिजुलीको मिटर बक्स पड्किएर आगलागी हुँदा घर जलेको लमजुङका डिएसपी रबिन्द्रमान गुरुङले बताए ।

उनका अनुसार राति साढे ११ बजेतिर चट्याङ पर्दा घरमा रहेको ७५ हजार नगद समेत जलेको छ । साँढे ४ लाख रुपैयाँ बराबरको क्षति पुगेको डीएसपी गुरुङले बताए।

सुन्दरबजार नगरपालिका ४ अर्चल्यानीमा रामजी सार्कीको गोठमा चट्याङका कारण आगलागी हुँदा एउटा भैंसी र एउटा गाई मरेको स्थानीय समुद्र पौडेलले बताए ।

यस्तै दूधपोखरी गाउँपालिका २ विचौरको डुङडाँडामा चट्याङका कारण कृष्णप्रसाद अर्यालको खोरमा रहेको ४ वटा बाख्रा जलेर मरेको छ । चट्याङले गोठ सबै जलेको छ ।

घरभन्दा करिब १ किलोमिटर टाढा राखिएको काठको गोठमा ५ वटा माउबाख्रा थियो । चट्याङका कारण २ घरमा रहेको मिटर बक्स जलेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ३९ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी