लकडाउन उल्लंघन गर्ने दुई हजार ४२७ लाई कारबाही « Khabarhub

लकडाउन उल्लंघन गर्ने दुई हजार ४२७ लाई कारबाही


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा लकडाउन उल्लघङ्न गर्ने दुई हजार ४२७ लाई आज कारवाही गरिएको छ ।

आज दिनभर उपत्यकाको विभिन्न क्षेत्रमा लकडाउन उल्लङ्घन गरेका ५५९ महिलासहित उनीहरुलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

सोही क्रममा ३२० दुई पाङ्ग्रे र ५० वटा चार पाङ्ग्रे सवारीसाधनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौँमा सबैभन्दा बढी दुई हजार १९ लाई नियन्त्रणमा लिइएको छ । यसैगरी ललितपुरबाट ३९८ र भक्तपुरबाट १० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गतेदेखि लागू हुने गरी लकडाउनको आदेश जारी गरेको थियो ।

आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

सबैको सुरक्षाका लागि सरकारले लकडाउनको निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

सरकारले लकडाउनको अवधि आगामी वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णयसमेत गरेको छ । नेपालमा अहिलेसम्म कोभिड १९ बाट १६ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ५७ बजे

गृहमन्त्री गुरूङ र दुई आईजीपी फेरि छलफलमा जुटे, थप नेताहरू पक्राउ पर्न सक्ने 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र

प्रधानमन्त्री शाहलाई नेकपाको बधाई, सरकारको कदमप्रति ध्यानाकर्षण

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र

ढोरपाटनमा दोस्रो यामको सिकार सुरु

गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको

भीरबाट लडेर घाइते एक जनाको निधन

अदानचुली– शुक्रबार दिउँसो भीरबाट लडेर गम्भीर घाइते चङ्खेली गाउँपालिका–२ गर्खाका अक

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी