लकडाउन उल्लंघन गर्ने दुई हजार ४२७ लाई कारबाही « Khabarhub

लकडाउन उल्लंघन गर्ने दुई हजार ४२७ लाई कारबाही


२ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा लकडाउन उल्लघङ्न गर्ने दुई हजार ४२७ लाई आज कारवाही गरिएको छ ।

आज दिनभर उपत्यकाको विभिन्न क्षेत्रमा लकडाउन उल्लङ्घन गरेका ५५९ महिलासहित उनीहरुलाई कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

सोही क्रममा ३२० दुई पाङ्ग्रे र ५० वटा चार पाङ्ग्रे सवारीसाधनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौँमा सबैभन्दा बढी दुई हजार १९ लाई नियन्त्रणमा लिइएको छ । यसैगरी ललितपुरबाट ३९८ र भक्तपुरबाट १० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गतेदेखि लागू हुने गरी लकडाउनको आदेश जारी गरेको थियो ।

आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

सबैको सुरक्षाका लागि सरकारले लकडाउनको निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ ।

सरकारले लकडाउनको अवधि आगामी वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णयसमेत गरेको छ । नेपालमा अहिलेसम्म कोभिड १९ बाट १६ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ८ : ५७ बजे

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई