कोरोना भाइरस : विश्वभर २ लाख ९७ हजारको मृत्यु, ४४ लाख २३ हजारभन्दा बढी संक्रमित « Khabarhub

कोरोना भाइरस : विश्वभर २ लाख ९७ हजारको मृत्यु, ४४ लाख २३ हजारभन्दा बढी संक्रमित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९७ हजार ६०३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४४ लाख २३ हजार ७२४ जना संक्रमित छन् ।

बितेको २४ घण्टामा ५ हजार १५२ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार २८७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये १६ लाख ५४ हजार ८८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ७१ हजार २३२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ९३२ जनाको अवस्था गम्भीर छ ।

बिहिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५७ हजार ३७२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १६ लाख ९६ हजार ३२१ पुगेको छ।

उत्तर अमेरिकी मुलुकहरुमा ९५ हजार ३५२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १५ लाख ६८ हजार ३५० पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २३ हजार २६८ जनाको मृत्यु भएको छ । ७ लाख २० हजार ८०२ जना संक्रमित छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा १९ हजार १६ जनाको मृत्यु भएको छ । ३ लाख ५५ हजार २७४ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा २ हजार ४९१ जनाको ज्यान गएको छ भने ७३ हजार ६७५ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ५८१ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ८५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८५ हजार ८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १७९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख २८ हजार ८१५ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ३ लाख ७ हजार ८९३ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ६ : ४२ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत