थप ५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५० पुग्यो « Khabarhub

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २५० पुग्यो


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा आज एकै दिन ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २५० पुगेको छ ।

आज विहान थप २ जनामा संक्रमण पुष्टि भएको  जनाएको स्वास्थ्य मन्त्रालयले विहान ७:४५ बजे थप ५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार धनुषा र महोत्तरीमा २/२ जना तथा सर्लाहीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष र मिथिला नगरपालिकाकी २० बर्षीया महिला छन् ।

यस्तै महोत्तरीको जलेश्वर नगरपालिकाका १६ वर्षीय युवक र वलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । अर्का एक जना भने सर्लाहीको धन्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ती

मन्त्रालयले यसअघि आज विहान ६:१५ बजे निकालेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष  र कपिलवस्तुकी ६ वर्षीया बालिकामा पनि संक्रमण पुष्टि भएको जनाएको थियो ।

बिहिबार विहान स्वास्थ्य मन्त्रालयले निकालेको पहिलो विज्ञप्ति

यसअघि बुधबार बेलुकी स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएकाहरुमा रुपन्देहीका २२,२२,२५,२८,३०,३२,३२,३३ र ४१ वर्षका पुरुषहरु ४,१०,२८ वर्षीया महिला छन् । त्यसैगरी कपिलवस्तुका २२,२९,३२,४०,४०,४०,४२,४२ वर्षीय पुरुष, पर्सा निवासी ३६ र ७४ वर्षीय पुरुष,३६ वर्षीया महिला र नवलपरासीका ३६ वर्षीय पुरुष छन ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ८ : ०५ बजे

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा. शर्मा

काठमाडौं– संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा

काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न