रुपन्देहीमा एकै परिवारका नौ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

रुपन्देहीमा एकै परिवारका नौ जनामा कोरोना भाइरसको संक्रमण


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

भारतको मुम्बईबाट नेपाल आएका उनीहरु एक साताअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

नेपाल प्रवेश गरेपछि स्थानीय जोगडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनीहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । सो गाउँपालिका सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकासँग जोडिएको गाउँपालिका हो ।

रुपन्देहीमा बुधबार थप १२ जनामा कोरोना सङ्क्रमण भएको थियो । थपिएका १२ सहित जिल्लामा कोरोना सङ्क्रमित २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवास्थित भीम अस्पतालको आइसोलेशन वार्डका रहेका दुई र गैडहवा गाउँपालिकाको जोगडा मावि क्वारेन्टाइनमा बसेका १० सहित १२ मा कोरोना सङ्क्रमण भएको थियो ।

भीम अस्पतालको आइसोलेशनमा रहेका एक जना उत्तर प्रदेश जिल्ला गोण्डाका भारतीय हुन् भने एक जना विजयनगर नगरपालिका कपिलवस्तुका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

 

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ८ : ३१ बजे

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको

३३औँ प्रधानन्यायाधीशको नेतृत्व गर्दै डा. शर्मा

काठमाडौं– संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डा

काठमाडौं उपत्यकामा ट्राफिक चेकजाँचमा कडाइ

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न