नवलपरासीका संक्रमित लुपिछिपी नेपाल प्रवेश « Khabarhub

नवलपरासीका संक्रमित लुपिछिपी नेपाल प्रवेश


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा फेला परेका कोरोना संक्रमित भारतबाट गत वैशाख २८ गते बिहान लुकीछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।

कोरोना संक्रमित प्रतापपुर गाउँपालिका वडा नं ५ बड्कीबैदौलीका ३६ वर्षीय पुरुष नेपाल भारत सीमा क्षेत्र बसहिया र बैदौलीबीचको धमौलीबाट खेतको बाटो हुँदै नेपाल प्रवेश गरेका थिए ।

नेपाल प्रवेश गरेको स्थानीयवासीले थाहा पाएपछि घर पुग्नुअगावै उनलाई क्वारेन्टाइन पठाएको गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए ।

ती युवक करीब ६ महिनाअघि रोजगारीका सिलसिलामा भारतको दिल्ली गएका थिए । स्थानीयवासीका अनुसार दिल्ली बस्दै आएका उनी नेपाल प्रवेश गर्नुअघि दिदीको घर भारतको कुशीनगर जिल्लाको खड्डा क्षेत्रको सिसई भन्ने स्थानमा तीन दिन बिताएर नेपाल प्रवेश गरेका थिए ।

संक्रमित युवकलाई अहिले पृथ्वीचन्द्र अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानीयवासीमा त्रास बढेको छ । अझै पनि नेपाल भारत सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने नरोकिएपछि जिल्लामा डर बढेको हो ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : २५ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु