बाजुरामा किटको अभाव, परीक्षण बिनै १६० जनालाई होम क्वारेन्टाइनमा पठाइयो « Khabarhub

बाजुरामा किटको अभाव, परीक्षण बिनै १६० जनालाई होम क्वारेन्टाइनमा पठाइयो


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुरामा आरडिटी किटको अभाव भएको छ । किट अभावमा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ । १४ दिन क्वारेन्टाइनको बासपछि अनिवार्य रुपमा आरडिटी जाँच गरेर मात्र घर पठाउनुपर्ने प्रावधान छ । तर किट अभावका कारण परीक्षण नै नगरी घर पठाइएको हो ।

जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टाइनबाट १६० जनालाई आरडिटी परीक्षण नै नगरी घर पठाइएको छ । किट नभएकै कारण बाध्य भएर सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सल्लाहसहित उनीहरुलाई घर पठाउनुपरेको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

उनका अनुसार अनिवार्य र्‍यापिड जाँच भनिए पनि निर्देशिकाको दोस्रो बुँदामा कुनै लक्षण नदेखिएको, स्वास्थ्य जाँच नियमित गरिएको र किट अभाव भएको अवस्थामा सात दिन होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाउन सक्ने प्रावधान रहेकाले सोही अनुरुप उनीहरुलाई घर पठाइएको छ ।

जिल्लामा किट अभावका कारण दुई सातादेखि र्‍यापिड जाँच रोकिएको छ । हालसम्म भारतलगायत अन्य मुलुकबाट एक हजार १६२ नागरिक जिल्ला भित्रिएका छन् ।

प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि एक हजार ३०० मात्रै किट पठाएको छ । ती किटले विदेशबाट आएका एक हजार १६० को आरडिटी गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए ।

किट अभावकै कारण कोरोना जाँच हुनसकेको छैन । भारतबाट आएकालाई र्‍यापिड जाँचबिना नै पठाइएकाले गाउँमा जोखिम बढ्ने अनुमान गरिएको छ । होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि सबै परिवारसँग अलग कोठाको व्यवस्थापन नहुने र आफन्तसँग भेटघाट गर्ने हुँदा जोखिम देखिएको छ ।

उसो त क्वारेन्टाइनमा बस्नेको नियमित जाँचसमेत चिकित्सकबाट हुनुपर्ने निर्देशिकामा उल्लेख छ, तर त्यो पनि गरिएको छैन । क्वारेन्टाइनमा बस्नेहरुलाई खानपिन र बसाइको समेत समस्या छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ३० बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर