भारतको मध्य प्रदेशमा ट्रक र बस ठोकिँदा ८ जनाको मृत्यु « Khabarhub

भारतको मध्य प्रदेशमा ट्रक र बस ठोकिँदा ८ जनाको मृत्यु


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतको मध्य प्रदेशको गुनामा बुधबार राति ट्रक र बस ठोकिँदा कम्तिमा ८ जना मजदुरको ज्यान गएको छ।

एसियन न्यूज इन्टरनेशनलले रिपोर्ट गरे अनुसार उक्त घटनामा ५० जना मजदुर घाइते भएका छन्। रिपोर्ट अनुसार गए राति गुनाको क्यान्ट पीएस क्षेत्रमा दुर्घटना भएको हो।

ट्रकमा मजदुरहरु थिए। उनीहरु महाराष्ट्रदेखि उत्तर प्रदेशमा रहेको आफ्नो घर जाँदै थिए। दुर्घटनामा परेका घाइतेहरुलाई नजिकको जिल्ला अस्पताल लगिएको थियो। उक्त दुर्घटनाको थप विवरण भने खुलेको छैन।

यसैगरी उत्तर प्रदेशको मुजफ्फरनगरमा बुधवार राति एक रोडवे बस प्रवासी मजदुरहरु माथि चढेपछि ६ जना मजदुरले आफ्नो ज्यान गुमाएका छन्।

घटनामा परि थप चार जना घाइते भएका थिए। उक्त घटनामा परेका मजदुरहरू पंजाबबाट हिडेर बिहार जाँदै थिए।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ४१ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा