कोरोना संक्रमण सामान्य फ्लु भन्दा ३ गुणा बढी संक्रामक : डा. रवीन्द्र पाण्डे « Khabarhub

कोरोना संक्रमण सामान्य फ्लु भन्दा ३ गुणा बढी संक्रामक : डा. रवीन्द्र पाण्डे


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्य रुघाखोकी लागेको एक जना व्यक्तिले १.३ जनालाई सार्न सक्छ । एक जना रुघाखोकी लागेको व्यक्तिले १.३ जनालाई १.३ जनाले १.३ * १.३ = १.६९ गर्दै १० पटक गुणन प्रक्रिया पुरा गर्दा १४ जनामा रुघाखोकी सर्दछ । तर कोरोना संक्रमण सामान्य फ्लु भन्दा ३ गुणा संक्रामक छ ।

WHO ले एउटा कोरोना संक्रमितले २ देखि २.५ जना मान्छेलाई रोग सार्न सक्छ भनेपनि धेरै अध्ययनले ३ जना व्यक्तिलाई सार्न सक्ने बताएका छन् ।

एक जना संक्रमितले ३ जना स्वस्थ्य व्यक्तिलाई कोरोना संक्रमण सार्न सक्छ भने ३ जनाले ३ * ३ = ९ जनालाई गर्दै यो प्रकृया १० पटक पुरा हुँदा ५९,०४९ जनालाई कोरोना संक्रमण सर्न सक्दछ।

यो तथ्यांकले के देखाउंछ भने १ जना व्यक्ति गैह्र जिम्मेवार बन्यो भने, अन्य व्यक्तिले आफ्नो सुरक्षा सतर्कता अपनाएनन् भने तथा सरकारले लकडाउन / भिडभाड / आवतजावत नियन्त्रण गर्न सकेन भने १ जना संक्रमितले माथि उल्लेखित प्रकिया पुरा गर्दा ५९ हजार ४९ व्यक्ति कोरोना संक्रमित हुनसक्छन् ।

जुन व्यक्ति सेल्फ आइसोलेसनमा बस्छ अर्थात घरभित्र सुरक्षित रुपमा बस्दछ, उक्त व्यक्ति यो प्रकृयाको भागिदार हुँदैन।

त्यस्तै अत्यावश्यक काम परे मात्र घर बाहिर निस्किने, मास्क / चस्मा / पंजा प्रयोग गर्ने , न्युनतम ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने, साबुनपानीले हात धोइरहने तथा घर फर्केपछि बाहिरी कपडा / झोला / मास्क / चस्मा / पंजा बाहिर राख्ने, नुहाउने लगायतका सुरक्षित अभ्यास गर्दा कोरोना संक्रमणको चेन तोडिन्छ | जसले गर्दा माथि उल्लेखित किसिमले संक्रमण बिस्तार हुँदैन ।

त्यस्तै क्वारेन्टाइनलाई ब्यापक र प्रभावकारी बनाउने, परीक्षणको दायरा बढाएर संक्रमितलाई आइसोलेसनमा राख्ने एबम सिमाना १०० % शिल गर्ने काम प्रभावकारी हुँदा संक्रमणको प्रक्रिया न्यून हुन्छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ४९ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी