कोरोना संक्रमण सामान्य फ्लु भन्दा ३ गुणा बढी संक्रामक : डा. रवीन्द्र पाण्डे « Khabarhub

कोरोना संक्रमण सामान्य फ्लु भन्दा ३ गुणा बढी संक्रामक : डा. रवीन्द्र पाण्डे


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्य रुघाखोकी लागेको एक जना व्यक्तिले १.३ जनालाई सार्न सक्छ । एक जना रुघाखोकी लागेको व्यक्तिले १.३ जनालाई १.३ जनाले १.३ * १.३ = १.६९ गर्दै १० पटक गुणन प्रक्रिया पुरा गर्दा १४ जनामा रुघाखोकी सर्दछ । तर कोरोना संक्रमण सामान्य फ्लु भन्दा ३ गुणा संक्रामक छ ।

WHO ले एउटा कोरोना संक्रमितले २ देखि २.५ जना मान्छेलाई रोग सार्न सक्छ भनेपनि धेरै अध्ययनले ३ जना व्यक्तिलाई सार्न सक्ने बताएका छन् ।

एक जना संक्रमितले ३ जना स्वस्थ्य व्यक्तिलाई कोरोना संक्रमण सार्न सक्छ भने ३ जनाले ३ * ३ = ९ जनालाई गर्दै यो प्रकृया १० पटक पुरा हुँदा ५९,०४९ जनालाई कोरोना संक्रमण सर्न सक्दछ।

यो तथ्यांकले के देखाउंछ भने १ जना व्यक्ति गैह्र जिम्मेवार बन्यो भने, अन्य व्यक्तिले आफ्नो सुरक्षा सतर्कता अपनाएनन् भने तथा सरकारले लकडाउन / भिडभाड / आवतजावत नियन्त्रण गर्न सकेन भने १ जना संक्रमितले माथि उल्लेखित प्रकिया पुरा गर्दा ५९ हजार ४९ व्यक्ति कोरोना संक्रमित हुनसक्छन् ।

जुन व्यक्ति सेल्फ आइसोलेसनमा बस्छ अर्थात घरभित्र सुरक्षित रुपमा बस्दछ, उक्त व्यक्ति यो प्रकृयाको भागिदार हुँदैन।

त्यस्तै अत्यावश्यक काम परे मात्र घर बाहिर निस्किने, मास्क / चस्मा / पंजा प्रयोग गर्ने , न्युनतम ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने, साबुनपानीले हात धोइरहने तथा घर फर्केपछि बाहिरी कपडा / झोला / मास्क / चस्मा / पंजा बाहिर राख्ने, नुहाउने लगायतका सुरक्षित अभ्यास गर्दा कोरोना संक्रमणको चेन तोडिन्छ | जसले गर्दा माथि उल्लेखित किसिमले संक्रमण बिस्तार हुँदैन ।

त्यस्तै क्वारेन्टाइनलाई ब्यापक र प्रभावकारी बनाउने, परीक्षणको दायरा बढाएर संक्रमितलाई आइसोलेसनमा राख्ने एबम सिमाना १०० % शिल गर्ने काम प्रभावकारी हुँदा संक्रमणको प्रक्रिया न्यून हुन्छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ४९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा