बागमती प्रदेश छिर्ने नाकामा कडाई « Khabarhub

बागमती प्रदेश छिर्ने नाकामा कडाई

प्रदेश २ बाट बागमती प्रदेश प्रवेश गर्ने चुरियामाई नाका बन्द


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बागमती प्रदेश प्रवेश गर्ने नाकामा कडाई गर्न थालेको छ । बुधबारदेखि प्रदेश–२ का विभिन्‍न जिल्लाबाट वाग्‍मती प्रदेशको राजधानी हेटौंडा छिर्ने नाकामा थप कडाइ गरिएको हो ।

प्रदेश–२ मा कोरोना संक्रमण फैलँन थालेपछि त्यहाँका विभिन्न जिल्लाबाट हेटौंडा छिर्ने नाकामा थप कडाइ गरिएको हो ।

मकवानपुरको कमाण्‍ड पोष्टले म‌ंगलबार प्रदेश २ हुँदै वाग्मती प्रदेश प्रवेश गर्ने चुरियामाई नाका बुधबारदेखि बन्द गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार प्रदेश २ का जिल्लाबाट चुरियामाई नाका हुँदै छिर्ने सबै सवारी साधन र मानिसहरुलाई प्रवेशमा कडाइ गरिएको हो ।

प्रवेश गर्न खोज्नेलाई बाटैमा रोकिएको छ । अधिकांशलाई फर्काइएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।

तर, अत्यावश्यक सवारी साधनलाई रातोमाटे चेकपोष्टमा सेनिटाइजिङ गरेर मात्र प्रवेश गर्न दिइएको छ ।

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालका अनुसार हेटौंडासँग जोडिएको प्रदेश २ को नाका समेत रहेको सो क्षेत्रबाट कोरोना संक्रमितहरु आउने सम्भावना बढेपछि कडाइ गरिएको हो ।

हेटौंडाको चुरेक्षेत्रको वनजंगल हुँदै तराईका जिल्लाबाट मानिसहरु आउने गरेको पाइएकाले उनीहरुलाई रोक्न स्थानीय तहमार्फत नियन्त्रणको काम समेत थालिएको छ ।

हेटौंडामा खाद्यान्न तथा ग्यास पसल बिहान ९ बजेसम्म, औषधि तथा भेटेरिनरी एवं मलबीउ जस्ता कृषि पसललाई दिनभरि खोल्न पाइनेछ । १ जेठदेखि माछामासु तथा तरकारी बजार पूर्ण रुपमा बन्द गर्ने, बैंकलाई भीड नहुने गरी बिहान १० देखि ३ बजेसम्म खुल्ला गर्ने निर्णय पोष्टले गरेको थियो ।

अन्य जिल्लाबाट मकवानपुर प्रवेश गर्ने नाकामा पनि कडाइ गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १० : ०८ बजे

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको