पकाएको वा खाद्य सामग्री आफूखुशी वितरण नगर्न निर्देशन « Khabarhub

पकाएको वा खाद्य सामग्री आफूखुशी वितरण नगर्न निर्देशन


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले लकडाउन जारी रहेको अवस्थामा कुनैपनि संघसंस्थालाई पकाएको खाना वा खाद्य सामग्री वितरण नगर्न निर्देशन दिएको छ ।

वितरण गरेको पाइएमा वितरण गर्नेलाई कडा कारबाही गर्ने महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लकडाउनका कारण सिर्जित अवस्थाले कोही पनि भोकै बस्न नपोस् भन्दै अहिले महानगरले न्यूनतम राहतको रुपमा दाल चामल वितरण गरिरहेको छ ।

यस अघि दैनिक ज्याला मजदुरी गर्ने, विपन्न, गरीब र विपन्नलाई बिहान बेलुका सामूहिक भोजन ( मेस)को आयोजना गरेको छ । लकडाउन सुरू हुने बित्तिकै महानगरपालिकाले विपन्न, गरिब, मजदुरी गर्नेलाई राहत सामग्री स्वरुप दाल ,चामल, चिउरा, नून, तेल वितरण गरिएको थियो ।

राहत सामग्री जी टु जी प्रक्रिया मार्फत साल्ट टेड्रिड कर्पोरसनबाट खरिद गरिएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १० : १५ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा