आजबाट सेयर बजार पुन: बन्द, अर्को सूचनापछि मात्र खुल्ने « Khabarhub

आजबाट सेयर बजार पुन: बन्द, अर्को सूचनापछि मात्र खुल्ने


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेयर बजार पुन बन्द भएको छ । आज (जेठ १) बाट लागू हुने गरी अर्को सूचना नआएसम्म सेयर बजार बन्द गरिएको हो ।

सरकारले एक तिहाइ कर्मचारी राखेर बैकिङ, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेपछि आइतबारबाट सूचारु भएको सेयर बजार आजदेखि पुनः बन्द भएको हो ।

सेयरबजार अब अर्को सूचना जारी भएपछि मात्र खोलिने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले बताए ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले लगानीकर्तालाई पासको व्यवस्था गर्न नसकेको र स्वास्थ्यको ख्याल गर्दै बजार बन्द गर्न लागेको उनले बताए । दुइदिनको कारोबारमा नेप्से सुचक करिब ५० अंकले घटेको छ ।

यता, लगानीकर्ताहरु लकडाउनको बीचमा सेयर बजार घटाउन खुलाएको भन्दै दुई दिनको कारोबार रद्द गर्न माग गरेका छन् । तर बोर्डले भने भइसकेको कारोबार रद्द नगर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : १४ बजे

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।