आजबाट सेयर बजार पुन: बन्द, अर्को सूचनापछि मात्र खुल्ने « Khabarhub

आजबाट सेयर बजार पुन: बन्द, अर्को सूचनापछि मात्र खुल्ने


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सेयर बजार पुन बन्द भएको छ । आज (जेठ १) बाट लागू हुने गरी अर्को सूचना नआएसम्म सेयर बजार बन्द गरिएको हो ।

सरकारले एक तिहाइ कर्मचारी राखेर बैकिङ, बिमा र धितोपत्र बजार खोल्ने निर्णय गरेपछि आइतबारबाट सूचारु भएको सेयर बजार आजदेखि पुनः बन्द भएको हो ।

सेयरबजार अब अर्को सूचना जारी भएपछि मात्र खोलिने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले बताए ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले लगानीकर्तालाई पासको व्यवस्था गर्न नसकेको र स्वास्थ्यको ख्याल गर्दै बजार बन्द गर्न लागेको उनले बताए । दुइदिनको कारोबारमा नेप्से सुचक करिब ५० अंकले घटेको छ ।

यता, लगानीकर्ताहरु लकडाउनको बीचमा सेयर बजार घटाउन खुलाएको भन्दै दुई दिनको कारोबार रद्द गर्न माग गरेका छन् । तर बोर्डले भने भइसकेको कारोबार रद्द नगर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : १४ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द