आजबाट लकडाउन झन कडा, कुन कुन सवारीलाई पास चाहिँदैन (सुचीसहित) « Khabarhub

आजबाट लकडाउन झन कडा, कुन कुन सवारीलाई पास चाहिँदैन (सुचीसहित)


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरकाले आजबाट लकडाउन झन कडा गरेको छ । लकडाउनका बखत घर बाहिर निस्कन र सवारी साधन सञ्चालन गर्न कडाइ गरेको हो ।

सरकारले जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयबाट जारी हुने पासमा कडाई गरेको हो । यसअघि जारी गरिएका पास सबै रद्द गरिएका छन् । पास विना पनि निश्चित व्यक्ति र सवारी साधनले विना रोकटोक आवागमन गर्न पाउनेछन् ।

कुन कुन सावरीलाई पास चाहिँदैन

  • एम्बुलेन्स, शवबाहन र दमकललाई पास आवश्यक पर्दैन ।
  • यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरुलाई पास पर्दैन
  • सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु ।
  • स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु,
  • औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु ।
  • खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति ।
  • फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति ।
  • ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
  • अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु

यी क्षेत्रका सवारी चलाउनेले अनिवार्य आफ्नो कर्मचारी परिचय पत्र साथमा लिएको हुनुपर्नेछ ।
यसैगरी, नयाँ पास लिन परिस्थिति हेरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्र नभई कतिपय अवस्थामा गृह मन्त्रालयको समेत अनुमति लिनुपर्नेछ ।

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने भएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : ३० बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक