टिचिङमा उपचाररत कोरोना संक्रमित बालिकाको उपचार गर्ने डाक्टर र नर्स खोजिँदै « Khabarhub

टिचिङमा उपचाररत कोरोना संक्रमित बालिकाको उपचार गर्ने डाक्टर र नर्स खोजिँदै


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिवि शिक्षण अस्पताल ( टिचिङ) मा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि बालिकाको सम्पर्कमा आएका डाक्टर तथा नर्सहरुको खोजी कार्य सुरू भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेका अनुसार बालिकामा संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका डाक्टर तथा नर्सको खोजी कार्य शुरू भएको हो ।

महाशाखाले बालिकाको सम्पर्कमा भएका डाक्टर तथा नर्सको पहिचान गर्न टोली बिहानैदेखि परिचालन गरिसकेको डा पाण्डेले बताए ।

उनले खबरहबसँग भने, ‘बिहान ९ बजे नै हाम्रो टोली कन्ट्रयाक ट्रेसिङका लागि टिचिङ गइसकेको थियो । त्यहा कन्ट्रयाक ट्रेसिङको काम भइसकेको छ । अब कपिलवस्तुमा उनको घर वरपरका स्थानीयमा कन्ट्रयाक ट्रेसिङको काम बाँकी छ ।

डा पाण्डेका अनुसार बालिकाको सम्पर्कमा रहेका डाक्टर र नर्सलाई सम्पर्कमा ल्याएर क्वारेन्टाइमा राख्ने तयारी भइरहेको छ । अस्पतालमा उपचारको क्रममा बालिकाको सम्पर्कमा आएका डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिने डा पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : २८ बजे

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले