टिचिङमा उपचाररत कोरोना संक्रमित बालिकाको उपचार गर्ने डाक्टर र नर्स खोजिँदै « Khabarhub

टिचिङमा उपचाररत कोरोना संक्रमित बालिकाको उपचार गर्ने डाक्टर र नर्स खोजिँदै


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिवि शिक्षण अस्पताल ( टिचिङ) मा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि बालिकाको सम्पर्कमा आएका डाक्टर तथा नर्सहरुको खोजी कार्य सुरू भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेका अनुसार बालिकामा संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका डाक्टर तथा नर्सको खोजी कार्य शुरू भएको हो ।

महाशाखाले बालिकाको सम्पर्कमा भएका डाक्टर तथा नर्सको पहिचान गर्न टोली बिहानैदेखि परिचालन गरिसकेको डा पाण्डेले बताए ।

उनले खबरहबसँग भने, ‘बिहान ९ बजे नै हाम्रो टोली कन्ट्रयाक ट्रेसिङका लागि टिचिङ गइसकेको थियो । त्यहा कन्ट्रयाक ट्रेसिङको काम भइसकेको छ । अब कपिलवस्तुमा उनको घर वरपरका स्थानीयमा कन्ट्रयाक ट्रेसिङको काम बाँकी छ ।

डा पाण्डेका अनुसार बालिकाको सम्पर्कमा रहेका डाक्टर र नर्सलाई सम्पर्कमा ल्याएर क्वारेन्टाइमा राख्ने तयारी भइरहेको छ । अस्पतालमा उपचारको क्रममा बालिकाको सम्पर्कमा आएका डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिने डा पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : २८ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि