कोरोना भाइरसको लक्षण नदेखिनुका सम्भावित कारण « Khabarhub

कोरोना भाइरसको लक्षण नदेखिनुका सम्भावित कारण


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दुई सय ४५ पुगेपछि चिन्ता र त्रास बढेको पाइन्छ। तर अहिलेसम्म कसैको मृत्यु भएको छैन।

अधिकांश सङ्क्रमितहरूमा लक्षण पनि नदेखिएको खबर आउने गरेका छन्।

नेपालमा सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिनुको कारणबारे कतिपयले अनौठो मानिरहेको पाइन्छ।

कोभिड-१९ को निम्ति विश्व स्वास्थ्य सङ्गठनले बनाएको जिनिभास्थित विज्ञसमूहमा आवद्ध प्राध्यापक डा. प्रकाश घिमिरेका अनुसार यो नयाँ भाइरस हो र यसका लक्षणहरू दिनप्रतिदिन परिवर्तन हुनसक्छन्।

नेपालमा अहिलेसम्म गरिएको परीक्षण धेरै नै कम भएको र अहिलेसम्म गम्भीर लक्षण भएर अस्पताल पुगेका भन्दा पनि सम्भावित सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिकै परीक्षण गरिएको बताइएको छ।

राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. अनुप बास्तोलाको धारणा पनि मिल्दोजुल्दो छ।

उनका अनुसार अहिलेसम्म अधिकांश अन्य देशबाट फर्किएका युवामा सङ्क्रमण देखिएको छ।

सुरुमै सक्रिय निगरानी गरिएका देशमा समुदायमा फैलिन पाएको छैन। जहाँ एक्कासी प्रकोप देखियो त्यहाँ दीर्घरोगी र वृद्धवृद्धमा सरिसकेको देखिन्छ।

तर नेपालमा बाहिरबाट आएका मानिसहरूलाई क्वारन्टीन हुँदै आइशोलेसनमा राखिएकाले समुदायमा सर्न नपाएको उनको ठम्याइ छ।

प्राध्यापक घिमिरे भन्छन्, “ठूलो सङ्ख्यामा लक्षण नदेखिएको भए अनुसन्धानको विषय हुनसक्थ्यो। त्यसैले अहिले नै हामी बलिया छौँ भन्ने भएन।

“लक्षण आएन, हामी फरक छौँ भन्नु वैज्ञानिक रूपमा उपयुक्त हो जस्तो लाग्दैन।”

अहिलेसम्म सङ्क्रमण पुष्टि भएका २१९ जनाकै भरमा तीन करोड जनसङ्ख्यालाई केही हुँदैन भनेर भन्न नसकिने उनको भनाइ छ।

‘गम्भीर लक्षण देखिन सक्छ’

कतिपय सङ्क्रमितले आफूलाई कुनै लक्षण नदेखिएको भन्दै पुन: परीक्षण हुनुपर्ने माग गरेको पाइन्छ।

तर डा. बास्तोलाका अनुसार पीसीआर विधिको परीक्षणले कोभिड-१९ कै भाइरस पहिचान गर्छ।

उनी भन्छन्, “भोलि समुदायमा फैलिएर दीर्घरोगी र वृद्धवृद्धमा सरेमा निमोनिया वा जटिल खालको लक्षण देखिन सक्ने सम्भावना रहन्छ।”

कतिपय सङ्क्रमित त लक्षण नदेखिएरै वा कुनै औषधी नखाएरै अस्पतालबाट निको भएर फर्किएको बताइन्छ।

प्राध्यापक घिमिरेका अनुसार अहिलेसम्मको प्रमाण अनुसार करिब ८० प्रतिशतमा लक्षण देखिँदैन। चिकित्सकको परामर्श आवश्यक हुने बाँकी बिरामीमध्ये पाँच प्रतिशतलाई स्वासप्रश्वाससम्बन्धी सहायता यन्त्रको खाँचो पर्न सक्छ।

तर बिरामीको गोपनीयताका कारण नेपालका अस्पतालमा भर्ना गरिएका कसैलाई पनि लक्षण नदेखिएको भन्न नसकिने उनको भनाइ छ।

डा. बास्तोलाले पनि निको भइ फर्किएका आफ्नो निगरानीमा रहेका बिरामीलाई केही औषधि चलाउनु परेको जानकारी दिए।

त्यसैले प्राध्यापक घिमिरे भाइरस कमजोर र मानिस बलियो भयो अनि सार्ने माध्यम भएन भने रोग नलाग्ने बताउँदै भन्छन्, “त्यसैले हामी अत्तालिन भएन तर चलाख र तयार रहनुपर्छ।” बीबीसी

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ११ : ५४ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक