‘सरकारको रणनीतिक सुझबुझ कम भयो’ « Khabarhub

‘सरकारको रणनीतिक सुझबुझ कम भयो’


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्धको संघर्षमा सरकारको रणनीतिक सुझबुझ कमी भएको बताएका छन् ।

संक्रमणको क्रमभन्दा दुई कदम अघि रहेर तयारी गर्नु पर्नेमा सरकार कोरोनाको पछिपछि लागेको भन्दै उनले अन्य देशको नक्कल गरेर मात्र रणनीतिक सफलता प्राप्त नहुने बताए ।

लकडाउनको लामो समयमा सरकारले सुविधाका बाबजुद सहरी क्षेत्र र राजधानीमा समेत परीक्षणको दायरा नढाएकोमा आपत्ति जनाए । स्वास्थ्य उपकरण खरीदमा भ्रष्टाचार र आपूर्तिमा ढिलासुस्तीले सरकारको लापरवाही पुष्टि गर्ने उनको बताए ।

‘सरकारले लामो बन्दाबन्दीको सदुपयोग गरेन । सुविधासम्पन्न राजधानीमासमेत परीक्षणको दायरा बढाएन,’ राणाले भने । ‘स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार, आपूर्तिमा ढिलासुस्ती, सुझबुझमा कमी भयो । तयारी दुई कदम अघि हुनु पर्नेमा सरकार कोरोनाको पछिपछि देखियो । विदेशको नक्कलले मात्र रणनीतिक सफलता हात लाग्दैन ।’

राप्रपा अध्यक्ष राणाले स्वास्थ्य उपकरण अभाव पूर्ति गर्न स्थानीय उद्यमीहरूलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

‘पाइला टेक्नोलजिले प्रारम्भिक चरणमा भेन्टीलेटर निर्माण गरेको छ । यसमा सुधार गरी आवश्यक परीमाण उत्पादन गर्न सके आन्तरिक रूपमै उपकरण अभाव पूर्ति हुने थियो,’ उनले ट्वीट गर्दै भने ।

‘कोरोनाको खतरा बढ्दो दरमा छ । यसै पनि महामारी चाँडै अन्त्य हुने होइन । युवा उद्यमीलाई प्रोत्साहन गरौं, मेरो मूरीमूरी शुभेच्छा छ,’ राणाले भने ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १२ : ०४ बजे

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान