त्रिवि शिक्षण अस्पतालका ३८ चिकित्सकलाई क्वारेन्टाइनमा राखियो « Khabarhub

त्रिवि शिक्षण अस्पतालका ३८ चिकित्सकलाई क्वारेन्टाइनमा राखियो


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल ( टिचिङ) का ३८ जना चिकित्सकलाई क्वारेन्टाइमा राखिएको छ ।

अस्पतालमा रहेकी ६ वर्षीया कोरोना संक्रमित बालिकाको संम्पर्कमा रहेका ३६ जना डाक्टर तथा नर्सलाई क्वारेन्टाइनमा राखिएको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले खबरहबलाई बताए ।

डा डासका अनुसार संक्रमतिको सम्पर्कमा आएका ३८ जना चिकित्सक तथा नर्सलाई अस्पतालको गशेणमानसिंह भवनमा रहेको क्वारेन्टाइमा राखिएको छ ।

यस्तै संक्रमति बालिका भर्ना भएको न्युरो वार्डलाई सिल गरिएको छ । त्यहाँ ५ जना बिरामीहरु उपचारत छन् ।

डा दासका अनुसार संक्रमित बालिकालाई पनि अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । संक्रमित बालिका रहेको न्युरो वार्डमा सील गरिएपनि अस्पतालको ओपिडि र आकस्मिक सेवा भने सुचारु छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १ : १० बजे

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न