लकडाउनमा सडक खाली हुँदा ट्राफिक बोर्ड निर्माण « Khabarhub

लकडाउनमा सडक खाली हुँदा ट्राफिक बोर्ड निर्माण


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवधिमा ट्राफिकमैत्री सडक निर्माण र मर्मतसमेत जारी राखेको छ ।

महाशाखाले काठमाडौँ उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा ‘स्टप, लुक, गो’ लेखिएको संकेत बोर्डहरू २५० स्थानमा राखेको छ ।

यस्ता बोर्डहरू शङ्खमुल, बानेश्वर, कोटेश्वर, थापागाँऊ, अनामनगर, गौशाला, डिल्लीबजार, पुत्तलीसडक, कमलपोखरी, लाजिम्पाट, सोह्रखुट्टे, कालीमाटी, कंलकी, जावालाखेल, चापागाउँ आदि स्थानका सडकहरूमा राखिएका छन् ।

ट्राफिक प्रहरी र कामदारहरुबीच भौतिक तथा समाजिक दूरी कायम राख्दै उच्च सतर्कता र सुरक्षाका उपायहरू अपनाउँदै काम भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए ।

एसएसपी ढकालले भने – ‘सवारी चालकले भित्री सडकबाट मुख्य सडकहरूमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियमको पालना नगर्दा त्यस्ता चोक जक्सनमा हुने सवारी दुर्घटना तथा ट्राफिक जामलाई न्यूनिकरण गर्न र चालकहरूलाई स्व-अनुशासित बनाउन यस्ता ‘स्टप, लुक, गाे लेखिएको संकेत बोर्डहरू राखेका हौँ ।’

उक्त बोर्डहरू नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले ५० थान र ग्लोबल आईएमई बैङ्कले २०० थान सामाजिक उत्तरदायित्व अन्तर्गत महाशाखालाई हस्तान्तरण गरेका हुन् ।

कहाँ–कहाँ हुँदैछ सडक निर्माणको काम ?

लकडाउनको समयमा सडक खाली भएको र गाडी नरोकी काम गर्न सहज हुने भएकाले ट्राफिकमैत्री सडक मर्मत तथा निर्माणका लागि महाशाखाले सरोकारवाला निकायहरूसँग नियमित रूपमा सहकार्य र समन्वय गरेको जनाएको छ ।

अहिले सितापाईला-रामकोट, स्वयम्भू अजिमा हल अगाडी, भैसेपाटी-छम्पी, लुभु-लामाटार, चावहिल उकालो, जोरपाटी-बाग्मती कोरीडर सडकखण्डमा सडक मर्मत तथा पिचका काममा समन्वय र सहजीकरण भैरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए ।

त्यस्तै थलीबाट साँखु, नाम्गेल, जोरपाटी-गुहेश्वरी, खानी विभाग-गल्कोपाखा, चुच्चेपाटी, पुत्तलीसडक, अष्ट्रेलियन एम्बेसी अगाडी, चावहिल-मित्रपार्कका सडकखण्डहरूमा ढल, खानेपानी तथा फुटपाथका निर्माण, गौशाला-तिलगङ्गा, सेतोपुल-डिल्लीबजार र सेतोपुल-पुरानो बानेश्वर सडकखण्डमा रोड मार्किङ, ईमाडोल-टिकाथली सडकमा पुल निर्माण र कपनको एनसेल चोक-देउवाचोक सडकखण्डमा टेलिकमको काम, चुच्चेपाटी-चावहिल सडकखण्डमा मेलम्ची र विद्युतको काम समेत ट्राफिक प्रहरीको समन्वय एव सहजीकरणमा भइरहेको जानकारी दिए ।

उपत्यकाका सडकहरू लकडाउन सकिँदासम्म निकै चुस्त अवस्थामा हुने प्रवक्ता एसपी श्रेष्ठले बताए ।

ट्राफिक महाशाखा र सडक विभागले काठमाडौं उपत्यकाका धेरै सडक खण्डहरूमा सडक पीच र रोड मार्किङको काम सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १ : २७ बजे

अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको

हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन

रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल

सिरहा– धनगढीमाई नगरपालिका–१० दनुवारी टोलकी अनिता महतोलाई अचेल रासायनिक मलको

आईपीएल क्रिकेट : लखनउसँग बैंगलुरु ९ रनले पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग रोयल

बचत तथा ऋणको कारोबार गर्न एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

काठमाडौं– राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको