उद्योग सञ्चालन गरेको भन्दै स्थानीयवासी आन्दोलित « Khabarhub

उद्योग सञ्चालन गरेको भन्दै स्थानीयवासी आन्दोलित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- लकडाउनका क्रममा सिमराबाट कच्चा पदार्थ ल्याएर सूर्य नेपाल प्रालि सञ्चालन गरेको भन्दै तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयवासी आन्दोलित भएका छन् । बाहिरी जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गर्दा कोभिड–१९ को जोखिम बढेको भन्दै स्थानीयवासीले बुधबारदेखि रिले अनशन शुरु गरेका छन् ।

रातिको समयमा सवारी साधनबाट कच्चा पदार्थ ल्याउने क्रम नरोकिएपछि सुरक्षाका लागि उद्योग बन्द गर्नुपर्ने मागसहित रिले अनशन शुरु गरिएको स्थानीयवासी किसान गुरुङले जानकारी दिए । “कोरोना सङ्क्रमण पुष्टि भएको जिल्लाबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गरेको विरोधमा स्थानीयवासी आन्दोलित भएका हुन्”, उनले भने, “काम नरोकिएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।”

उनका अनुसार बिहान ६ बजेदेखि शुरु रिले अनसन साँझ ६ बजेसम्म जारी रहनेछ । “सामाजिक दूरी कायम गर्दै शुरु गरिएको रिले अनसनमा यहाँका सबै स्थानीयवासीले ऐक्यबद्धता जनाउनुभएको छ,” उनले भने ।

उद्योगले सिमरामा प्रशोधन गरिएको पाँच कन्टेनर सूर्ती र दुई कन्टेनर प्याकिङका सामग्री ल्याएको छ । जोखिमको अवस्थामा रातारात सामग्री ल्याएर थप जोखिम निम्त्याउने काम भएको स्थानीयवासी दिलबहादुर गुरुङले बताउनुभयो । लकडाउन अवधिभर उद्योगको काम पनि बन्द हुनुपर्ने स्थानीयवासीको माग छ ।

उद्योगमा मौज्दात रहेका सुर्ती कुहिने अवस्थामा आएकाले काम सञ्चालन गरेको प्रबन्धक बाबुराम कार्कीले जानकारी दिए । उनका अनुसार उद्योग सञ्चालनमा ल्याए पनि कर्मचारीलाई आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको छ । “भित्रका कर्मचारीलाई बाहिर जान दिएका छैनौं, सुरक्षितरुपमा काम सञ्चालन गरिएको हो”, उनले भने ।

उद्योगको अनुगमन गर्न मङ्गलबार पुगेका नगरपालिकाका प्रमुख किसान गुरुङले कर्मचारीको सुरक्षालाई ख्याल गर्दै उद्योग सञ्चालन भएको पाइएको बताए । पृथ्वीराजमार्गसँगै जोडिएको उद्योगले विगत ६ वर्षदेखि चुरोट उत्पादन गर्दै आइरहेको छ । १४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट वार्षिक ६ अर्ब खिल्ली चुरोट उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  २ : १४ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ