भारतबाट झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइयो « Khabarhub

भारतबाट झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइयो


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको सीमापारि रहेका झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइएको छ।

भारतका विभिन्न ठाउँबाट आएर सीमा नजिक क्वारेन्टाइनमा बसेका उनीहरुलाई रुपन्देही ल्याइएको हो।

लामो समयसम्म क्वारेन्टाइनमा बसेका उनीहरु जबरजस्ती नेपाल छिर्न खाजेपछि स्थानीय प्रतिनिधिको अगुवाईमा सीमावारि ल्याएर क्वारेन्टाइनमा राखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए। त्यसरी नेपाल आएका नेपालीको संख्या झण्डै ८ सयको हाराहारी रहेको उनले बताए।

रुपन्देही ल्याइएका उनीहरुलाई निश्चित समय क्वारेन्टाइमा राखेपछि मात्रै आ–आफ्नो घर पठाइने पन्तले बताए।

रुपन्देहीको बेलहिया सीमा नजिक भारतीय क्वारेन्टाइनमा झण्डै १६ सय नेपाली रहेका छन्। उनीहरु मध्ये १२ सयले आफ्नो क्वारेन्टाइन अवधि पुगेको भन्दै घर जान पाउनुपर्ने बताएका छन्।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  २ : २५ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६