शिक्षण अस्पतालका स्वास्थ्यकर्मीको कोरोना परीक्षण हुँदै « Khabarhub

शिक्षण अस्पतालका स्वास्थ्यकर्मीको कोरोना परीक्षण हुँदै


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीको कोरोना परीक्षण सुरु भएको छ ।

अस्‍पतालमा उपचाररत एक ६ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्ट भएपछि अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीको थ्रोटस्वाव संकलन भइरहेको अस्पतालका कोरोना व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए ।

अहिलेसम्म ५० जनाको नमूना संकलन गरिएको जानकारी दिँदै कोरोना संक्रमित बालिकाको सम्पर्कमा रहेका ७८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणको नमूना संकलन गरिने बताए ।

बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि न्यूरो सर्जरी बेडमा रहेकी बालिकालाई गणेशमान भवनको आइसोलेसन क्याविनमा राखिएको छ । उनीसँग सम्पर्कमा रहेका ३८ जनालाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निर्देशक डा प्रेम कृष्ण खड्गाले बताए ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  २ : ४३ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन