भारतमा अलपत्र आफन्त ल्याउन माग गर्दै स्थानीय आन्दोलित « Khabarhub

भारतमा अलपत्र आफन्त ल्याउन माग गर्दै स्थानीय आन्दोलित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग गर्दै कञ्चनपुरको महाकाली नगरपालिकामा स्थानीयले आन्दोलन गरेका छन् ।

भारतमा रहेका आफ्ना आफन्तलाई फर्कन दिनुपर्ने माग राखी स्थानीयले आन्दोलन नै गरेको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले जानकारी दिए ।

सिँजालीका अनुसार भारतबाट फर्किने नेपाली दैनिकजसो लुकिछिपी नेपाल आइरहेका छन् । उनका अनुसार आज (बिहीबार) पनि दशगजा क्षेत्रमा नेपाली आएर बसेका छन् ।

‘भारतबाट दैनिक लुकिछिपी आइरहेका छन्,’ उनले भने, ‘यहाँ दैनिक स्थानीयले आन्दोलन गरेका छन्, न प्रवेश पाएका छन, न उतै भारतमा उचित व्यवस्थापन भइरहेको छ, हामी जनप्रतिनिधिलाई हैरानी मात्रै भएको छ ।’

उनीहरूले कहिले नगरपालिका, कहिले नगरप्रमुख, वडाध्यक्ष एव स्थानीयस्तरमा आन्दोलन गरिरहेका छन् ।

सीमावर्ती पुनर्वास नगरपालिका– ९ का वडाध्यक्ष नारायण जैसीले भारतमा रहेकाहरूलाई फर्कन दिनुपर्ने भन्दै स्थानीयले दबाब दिइरहेको बताए ।

‘सरकारले भारतमा रहेका नेपालीको विषयमा ठोस पहल गरेको छैन,’ उनले भने, ‘यस्तो स्थितिमा नेपालीहरू भारतबाट लुकिछिपी आइरहेका छन् । यसले झनै जोखिम बढाएको छ ।’

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  २ : ४८ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान