भारतमा अलपत्र आफन्त ल्याउन माग गर्दै स्थानीय आन्दोलित « Khabarhub

भारतमा अलपत्र आफन्त ल्याउन माग गर्दै स्थानीय आन्दोलित


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- भारतमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग गर्दै कञ्चनपुरको महाकाली नगरपालिकामा स्थानीयले आन्दोलन गरेका छन् ।

भारतमा रहेका आफ्ना आफन्तलाई फर्कन दिनुपर्ने माग राखी स्थानीयले आन्दोलन नै गरेको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिँजालीले जानकारी दिए ।

सिँजालीका अनुसार भारतबाट फर्किने नेपाली दैनिकजसो लुकिछिपी नेपाल आइरहेका छन् । उनका अनुसार आज (बिहीबार) पनि दशगजा क्षेत्रमा नेपाली आएर बसेका छन् ।

‘भारतबाट दैनिक लुकिछिपी आइरहेका छन्,’ उनले भने, ‘यहाँ दैनिक स्थानीयले आन्दोलन गरेका छन्, न प्रवेश पाएका छन, न उतै भारतमा उचित व्यवस्थापन भइरहेको छ, हामी जनप्रतिनिधिलाई हैरानी मात्रै भएको छ ।’

उनीहरूले कहिले नगरपालिका, कहिले नगरप्रमुख, वडाध्यक्ष एव स्थानीयस्तरमा आन्दोलन गरिरहेका छन् ।

सीमावर्ती पुनर्वास नगरपालिका– ९ का वडाध्यक्ष नारायण जैसीले भारतमा रहेकाहरूलाई फर्कन दिनुपर्ने भन्दै स्थानीयले दबाब दिइरहेको बताए ।

‘सरकारले भारतमा रहेका नेपालीको विषयमा ठोस पहल गरेको छैन,’ उनले भने, ‘यस्तो स्थितिमा नेपालीहरू भारतबाट लुकिछिपी आइरहेका छन् । यसले झनै जोखिम बढाएको छ ।’

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  २ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै