सीमा विवादलाई अन्तर्राष्ट्रिय तहमा लैजान माग « Khabarhub

सीमा विवादलाई अन्तर्राष्ट्रिय तहमा लैजान माग


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जर्मनीमा क्रियाशील प्रवासी नेपालीका सङ्घसंस्थाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको ऐतिहासिक तथ्य, दस्तावेज, प्रमाण तथा सन्धिले प्रमाणित गरेपनि सो क्षेत्रमा भारतले अवैधरुपमा सडक पूर्वाधार बनाएको भन्दै भत्र्सना गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घ, प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति र नेपाली जनप्रगतिशील मोर्चा जर्मनीले संयुक्त विज्ञप्ति जारी गर्दै पछिल्ला घटनाक्रमले लामो समयदेखि भारतले निरन्तर नेपाली सीमा अतिक्रमण गरेको पुष्टि भएको जनाएको छ ।

विज्ञप्तिमा सीमा विवाद समाधानका लागि नेपालले गरिरहेको कूटनीतिक पहललाई लत्याउँदै असल छिमेकी प्रति भारतले देखाएको ब्यावहार उचित नभएको जनाइएको छ ।

सन् १८१६ को सुगौली सन्धिअनुसार नेपालको नक्सा तत्काल सार्वजनिक गर्न माग गर्दै विज्ञप्तिमा सीमा विवादलाई अन्तर्राष्ट्रिय तहमा लैजानुपर्नेमा जोड दिइएको छ । राष्ट्रियताको रक्षार्थ विश्वभरका नेपाली एकताबद्ध भएर अग्रमोर्चामा उभिनु अहिलेको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रियाले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अष्ट्रियाको भियानास्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । सङ्घले सबै मुलुकमा रहेका समितिमार्फत सम्बन्धित मुलुकमा रहेको भारतीय दूतावासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको व्यवहोरासहितको ज्ञापनपत्र बुझाउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ३ : १० बजे

ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)

ललितपुर– ललितपुरको महालक्ष्मीस्थानमा अविरल वर्षाका कारण सडक भासिएको छ । महालक्ष्मी

सिक्किम सुरुङ दुर्घटना : नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता

नयाँदिल्ली– भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला