नेपाली भूमिमा भौतिक संरचना बनाउँदा भारतीय सीमा सुरक्षा बलको अवरोध « Khabarhub

नेपाली भूमिमा भौतिक संरचना बनाउँदा भारतीय सीमा सुरक्षा बलको अवरोध


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पाँचथर- नेपाली भूमिमा भौतिक संरचना निर्माण गर्न भारतीय पक्षले अवरोध पुर्‍याएको छ । पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालेमा नेपाल–भारत सीमाभन्दा झण्डै १०० मिटर टाढा भौतिक संरचना निर्माण गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको जनाइएको छ ।

उक्त स्थानमा आहालगैरी कबुलियती वन समूहले बहुजातीय सङ्ग्रहालय बनाउन लागेको थियो । सो समूहले निर्माण गर्न लागेको सङ्ग्रहालय क्षेत्र आफ्नो भूभागमा पर्ने झुठो दाबी एसएसबीले गरेको छ ।

फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवनकुमार राईका अनुसार उपभोक्ता समितिले भारतीय पक्षले अवरोध गरेको गुनासो गरेपछि सो गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ तथा सुरक्षाकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो ।

यस क्रममा भारतीय पक्षले सीमा अतिक्रमण गर्नुका साथै सीमास्तम्भ समेत गायब पारेको पाइएको प्रवक्ता राईले जानकारी दिए । यहाँ भारतीय पक्षले ५७/४ नंको सीमास्तम्भ गायब पारेको पाइएको उनको भनाइ छ ।

फालेलुङ–५ प्राङबुङका सिल्प साम्पाङका अनुसार यहाँ एसएसबीले दैनिकरूपमा गस्ती गर्नुका साथै नेपालीलाई हिँडडुल र काम गर्नसमेत अवरोध गर्दै आएको छ । दैनिक करिब १०० जनाको एसएसबीको टोली यस क्षेत्रमा आउने गरेको छ ।

सीमा क्षेत्रमा दुई होटलसमेत रहेका छन् । एसएसबीले होटल सञ्चालकलाई उक्त क्षेत्र भारतीय भूभागमा परेको भन्दै मनोवैज्ञानिक दबाव दिने गरेको पाइएको साम्पाङको भनाइ छ ।

भारतीय पक्षले नयाँ नक्सा नै निर्माण गरी सीमाभन्दा करिब १०० मिटरभन्दा बढी क्षेत्र अतिक्रमण गरेको पाइएको गाउँपालिकाका प्रवक्ता राईको भनाइ छ ।
जनप्रतिनिधिले एसएसबीका स्थानीय कमाण्डरसँग संवादसमेत गरेका थिए । यस क्रममा भारतीय पक्षले नयाँ नक्साअनुसार उक्त क्षेत्र भारतमा परेकाले भौतिक संरचना निर्माण रोक्न माथिको आदेश आएको बताएको प्रवक्ता राईले बताए ।

भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेपछि फालेलुङ गाउँपालिकाले यस विषयमा पहल गर्न जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ । पत्र प्राप्त भएपछि सीमा मिचिएको तथा नेपाली भूभाग अतिक्रमण भएको विषय स्थलगत अवलोकन गर्न डिभिजन वन कार्यालयको टोली उक्त क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए ।

“वन डिभिजनबाट सञ्चालित योजनामा अवरोध भएकाले स्थानीय सुरक्षाकर्मीसँगको समन्वयमा सीमा क्षेत्रको स्थलगत अवलोकन गर्न भनिएको छ”, उनले भने ।

स्थानीयस्तरबाट प्राप्त सीमा अतिक्रमणसम्बन्धी सूचना गृह मन्त्रालयमा समेत पठाइएको प्रजिअ शर्माले बताए । “एउटा सीमास्तम्भसमेत जानाजान हराएको भन्ने सूचना आएपछि संवेदनशीलरूपमा लिइ मन्त्रालयमा जानकारी गराइएको छ”, उनले भने ।

उक्त क्षेत्र पाँचथर, इलाम र भारतको पश्चिम बङ्गाल राज्यको सीमामा पर्दछ । पाँचथरमा भारतसँगको करिब ४५ किलोमिटर सीमा क्षेत्र रहेको छ ।

पछिल्लोपटक कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सीमा क्षेत्रबाट हुने आवतजावत रोक्ने सशस्त्र प्रहरी बल सीमा क्षेत्रमा पुगेपछि भारतीय पक्षले नयाँ विवाद सिर्जना गरेका सन्दकपुर क्षेत्रका स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ३ : ५९ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र