उत्तरपूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध « Khabarhub

उत्तरपूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् ।

यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका हुन् । बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट नुवाकोट र सिन्धुपाल्चोक पैदल यात्रा हुने गरेको छ । यो मार्गबाट सवारी लिएर जान पूर्वाधार नभए पनि पैदल हिँड्ने मानिस हुन्छन् ।

नगर प्रमुख उद्धवप्रसाद खरेल सो नाकाबाट आउन निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले नै कडाइ गरेको जानकारी दिए । सो नाकाबाट भन्दा रातारात तराईबाट आउनेका कारण नगरवासीमा त्रास फैलिएको उनले बताए ।

उनले भने, “हिजो रातिमात्र लहानबाट बिरामी आएपछि स्थानीयवासीमा त्रास फैलियो, क्वारेन्टाइनमा व्यवस्थितरुपमा राख्ने व्यवस्थासमेत नभएकाले घरमै बस्न भनिएको छ, तीन दिनबीचमा तराईबाट रातारात आउनेको सङ्ख्या नगरपालिकामा १०० पुगिसकेको छ ।”

गोकर्णेश्वरबाट पनि निकुञ्जकै बाटो हुँदै सिन्धुपाल्चोक र नुवाकोट जाने बाटो छ । गोकर्णेश्वरबाट भने दुवै जिल्ला जाने सडकसमेत रहेकाले नेपाली सेनाले नै आवतजावतमा कडा गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए।

नगरपालिकाको वडा नं १ स्थित निकुञ्जभित्रको मूलखर्क, ओखरेनी, चिलाउनेलगायत बस्तीका मानिसलाई पास दिएरमात्र आवतजावतको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । बाहिर जिल्लाबाट आउनेलाई भने स्थानीय युवाले नै प्रवेश निषेध गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाको निकुञ्ज क्षेत्रबाट पनि दुवै जिल्लाका मानिस हिँडेर आउन सक्ने बाटो छ । यो बाटोमा पनि सेनाले नै कडाइ गर्न लागेको छ ।

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक छिर्ने दुई नाका भएको शङ्खरापुर नगरपालिकाले दुवैतिर कडाइ गरेको छ । नगरपालिकाको वडा नं ३ जहरसिंह पौवामा आज बिहानैदेखि युवा, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले संयुक्तरुपमा हिँडेर आउने मानिसलाई रोक लगाएका छन् ।

वडाध्यक्ष सन्तबहादुर वाइवा स्वतःस्फूर्तरुपमा स्थानीय युवा सक्रिय भएर जनप्रतिनिधिको दबाबमा समेत मानिस छिर्न नदिने भनी निगरानी गरिरहेको बताउनुहुन्छ । स्थानीय युवाले जहरसिंहबाट साँखु झर्न वडा नं १, २ र ३ का मानिसलाई समेत प्रतिबन्ध लगाएका छन् ।

यसैगरी नगरपालिकाको वडा नं ५ को कात्तिक नाकाबाट काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक छिर्न प्रतिबन्ध लगाइएको अध्यक्ष शेरगम्भीर थापाले बताउनुभयो । दिउँसो स्थानीयवासी युवाको सक्रियतामा रोकिए पनि राति हिँड्नेका कारण समस्या आएको उहाँले सुनाउनुभयो । उपत्यका बाहिरबाट भित्रिएका तीनजनामा मङ्गलबार कोरोना भेटिएपछि आजदेखि सबै नाकामा कडाइ गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ४ : ४३ बजे

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।