आजसम्म नेपालमा ६२ हजार ३२७ जनाको नमूना परीक्षण « Khabarhub

आजसम्म नेपालमा ६२ हजार ३२७ जनाको नमूना परीक्षण


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा २ सय ११ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा संक्रमण पुष्टि भएका २ सय ४६ मध्ये उपचारत २ सय ११ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार आज थपिएका ३ जनासहित नेपालमा कुल संक्रमतिको संख्या २ सय ४६ जना रहेको छ भने ती मध्ये ३५ जना निको भएर घर फर्किएका छन् ।

डा देवकोटाका अनुसार कुल संक्रमितमध्ये १ सय ९८ जना पुरुष र ४८ जना महिला रहेका छन् । डा देवकोटाका अनुसार संक्रमितहरु प्रदेश १ का ३ जिल्ला, प्रदेश २ का ७ जिल्ला, बाग्मती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्ला, प्रदेश ५ का ५ जिल्ला र सुदुरपश्चिम प्रदेशका २ जिल्ला गरी २२ जिल्लाका संक्रमितहरु रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार २ सय ७२ जना आइसोलेसनमा छन् । आइसोलेसनमा संक्रमित तथा सम्भावित संक्रमित रहेको डा देवकोटाको भनाइ छ ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार गत २४ घण्टामा १ हजार ३ सय ६३ वटा नमूना परीक्षण गरिएको छ । गत माग १४ गतेदेखि हालसम्म २२ हजार ६सय ६४ वटा नमूना परीक्षण गरिएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार आरडीटी विधिबाट चैत १९ गतेदेखि हालसम्म ६२ हजार ३ सय २७ वटा नमूना परीक्षण भएको छ भने गत २४ घण्टामा २ हजार ८ वटा नमूना परीक्षण भएको छ ।

कोरोना संक्रमित क्षेत्रमा स्वास्थ्य सामग्री पठाइयो

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना प्रभावित क्षेत्रमा कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य सामग्री पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नम्बर १,२,५ र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हवाइ तथा स्थल मार्गबाट स्वास्थ्य सामाग्री पठाइएको हो ।

प्रवक्ता डा देवकोटाका अनुसार १४ हजार ७ सय थान आरडीटी, ७ हजार थान भिटिएम, पीपीइहरु ती प्रदेशहरुमा पठाइएको हो ।

प्रवक्ता डाक्टर देवकोटाका काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा रहेका फलफुल तथा तरकारी व्यवसायी, सरसफाइका कर्मचारी, ढुवानीमा कार्यरत व्यक्तिहरु सहित ३ सय जनाको पीसीआर र ७ सय जनाको आरडीटी परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ४ : ५३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा