कालीमाटी तरकारी तथा फलफूल बजारमा आरडीटी र पीसीआर परीक्षण थालियो « Khabarhub

कालीमाटी तरकारी तथा फलफूल बजारमा आरडीटी र पीसीआर परीक्षण थालियो


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले कालिमाटी तरकारी तथा फलफूल बजारमा र्‍यापिड डाइग्नोष्टिक परीक्षण (आरडीटी) र पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षण शुरु गरेको छ ।

काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षणको प्रबन्ध गरेको हो ।

बजार क्षेत्रभित्रबाट बिक्री हुने तरकारी, फलफुल र माछा ढुवानी गर्ने चालक र सहचालक, भरिया तथा मजदुर, कर्मचारी, सरसफाई मजदुर, सुरक्षाकर्मीसहित बजारसँग सम्बन्धित व्यक्तिहरुमा कोरोना भाइरस (कोभिड — १९) भए/नभएको पत्ता लगाउन यस प्रकारको परीक्षण गरिएको हो ।

परीक्षण अवलोकन गर्न महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ तरकारी बजार पुगेकि थिइन्। त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले पीसीआर परीक्षण गराइन् ।

परीक्षणको निरीक्षणपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले भने — ‘उपत्यकामा संक्रमित व्यक्तिहरु देखिन थालेका छन् । यसले लकडाउनको पालना गरेर बस्नेहरुलाई शंसंकित बनाएको छ । यो आशंकालाई निवारण गर्नका लागि हामीले परीक्षण शुरु गरेका हौं । महामारी नियन्त्रणका लागि खटिने जनप्रतिनिधि र कर्मचारीलाई क्रमशः परीक्षण गर्छौं ।’

उनले जो जहाँ हुनुहुन्छ, त्यहीँ बसिदिन समे आग्रह गरे। प्रमुख शाक्यले भने — ‘सबै संयम भएर घरमा बस्न सके मात्र कोरोनामाथि बिजय गर्न सक्छौं । यसकारण अहिले कोही पनि काठमाडौंबाहिरबाट भित्र आउने र भित्रबाट बाहिर जाने नगर्नोस् । यो आउने जाने समय होइन ।’

परीक्षणपछि प्रतिक्रिया दिँदै उपप्रमुख खड्गी श्रेष्ठले भनिन्— ‘अहिले जसलाई भेटे पनि शंका गर्नुपर्ने अवस्था छ । यो शंका हटाउन पनि जनप्रतिनिधिहरुले परीक्षण गराउनुपर्छ । अब यो परीक्षण महामारी नियन्त्रण गर्न खटिने सबै जनप्रतिनिधि र कर्मचारीको पहुँचमा पुर्‍याउँछौं ।’

इपिडियोमोलोजी तथा महामारी नियन्त्रण शाखा प्रमुख डा. अमृत पोखरेलकाअनुसार कम जोखिममा रहेका ७० प्रतिशत मानिसको आरडीटी र जोखिममा रहेका ३० प्रतिशत व्यक्तिको पीसीआर गर्ने योजनाबमोजिम काम भइरहेको छ ।

कालीमाटी तरकारी तथा फलफुल बिकास समितिका उपनिर्देशक बिनय श्रेष्ठकाअनुसार कालीमाटीमा इजाजत लिएर थोक तथा खुद्रा व्यापार गर्ने ५५० व्यापारी छन् । सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानिसहरुको आवतजावत हुने गर्छ । त्यसैले उनीहरुको परीक्षण आवश्यक छ ।

उनले तरकारी, फलफूल तथा माछा लिएर दैनिक औसतमा १ हजार बढी सवारी आउँने गरेको बताए । उनले भने,  ‘२ हजार बढी मोटरसाइकल आवतजावत गर्छन् । बजारसँग आश्रित ५ सय जना भरिया मजदुर छन् । बजार व्यवस्थापनका लागि ६३ जना कर्मचारी र सुरक्षाकर्मी हुनुहुन्छ भने सरसफाईमा काम गर्ने २० जना मजदुर हुनुहुन्छ ।’

जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यकाअनुसार शुक्रबार बिहान महानगरका सरसफाइमा काम गर्ने कर्मचारीको परीक्षण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि क्रमशः जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सञ्चारकर्मीहरुको परीक्षण गरिनेछ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ७ : १९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग