अख्तियारद्वारा धनगढी उपमहानगरपालिकाका कागजात नियन्त्रणमा « Khabarhub

अख्तियारद्वारा धनगढी उपमहानगरपालिकाका कागजात नियन्त्रणमा


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।

धनगढीस्थित ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमिता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले आज छापा मारेर राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो ।

राहत सामाग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानविन गर्न सबै कागजपत्र नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले बताए ।

ठाकुर ट्रेड लिंकलाई बोलपत्र दर्ताको समय नसकिँदै र मूल्याङ्कन नगरी उपमहानगरपालिकाले बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको बुझिएको छ । उपमहानगरपालिकाले गत वैशाख ११ गते बोलपत्र आह्वान गरेकामा दर्ताको समय वैशाख १४ गते १२ः०० बजेसम्म राखेको थियो ।

वैशाख १४ गतेसम्म बोलपत्र दर्ताको समय भए पनि उपमहानगरपालिकाले भने वैशाख १२ गते नै ठाकुर ट्रेड लिंंकको बोलपत्र मूल्याङ्कनमा सफल भइसकेको उल्लेख गरेको छ ।

उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख नारायणप्रसाद शर्मा, जिन्सी शाखा प्रमुख कृष्णप्रसाद जोशी, खरिद एकाइ प्रमुख सुरेन्द्र कार्की, लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतलाई स्वीकृतका लागि टिप्पणी उठाएर पेश गरेको देखिएको छ ।

सप्लायर्सले आपूर्ति गरेको चामल कुहिएको भेटिएपछि उपमहानगरपालिकाका विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता गरेका थिए । उपमहानगरपालिकाले लकडाउनमा दैनिक छाक टार्न समस्या भएकालाई राहत दिने भनेर धनगढीस्थित ठाकुर ट्रेड लिंकसँग रु दुई करोड ६१ लाखमा चामल, दाल, नुन र तेल आपूर्तिका लागि सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ०७ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा