भारत- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको मुम्बईमा दुई जना प्रहरीको मृत्यु भएको छ ।
मुम्बई प्रहरीले ट्विट गर्दै दुई प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सेवरी थानाका एएसआई मुरलीधर बाघमारे र शिवाजी नगर थानाका नाइक भगवान पार्टेको कोरोना कारण मृत्यु भएको हो ।
महाराष्ट्रमा मुम्बई सबैभन्दा बढी प्रभावित भएको छ भने यहाँ प्रहरीमा पनि कोरोना संक्रमण बढी देखिएको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २ हजार ५६४ जनाको मृत्यु भएको छ । विहीबार मात्र थप १३ जनाले ज्यान गुमाएका छन् । विहीबार थप १ हजार २७८ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमितको संख्या ७९ हजार ३३३ पुगेको छ ।
भारतमा हालसम्म २६ हजार ५७५ जना निको भएका छन् भने ५० हजार ९४ को उपचार भइरहेको छ ।
प्रतिक्रिया