मुम्बईमा कोरोना संक्रमित दुई प्रहरीको मृत्यु | Khabarhub Khabarhub

मुम्बईमा कोरोना संक्रमित दुई प्रहरीको मृत्यु


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको मुम्बईमा दुई जना प्रहरीको मृत्यु भएको छ ।

मुम्बई प्रहरीले ट्विट गर्दै दुई प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सेवरी थानाका एएसआई मुरलीधर बाघमारे र शिवाजी नगर थानाका नाइक भगवान पार्टेको कोरोना कारण मृत्यु भएको हो ।

महाराष्ट्रमा मुम्बई सबैभन्दा बढी प्रभावित भएको छ भने यहाँ प्रहरीमा पनि कोरोना संक्रमण बढी देखिएको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २ हजार ५६४ जनाको मृत्यु भएको छ । विहीबार मात्र थप १३ जनाले ज्यान गुमाएका छन् । विहीबार थप १ हजार २७८ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमितको संख्या ७९ हजार ३३३ पुगेको छ ।

भारतमा हालसम्म २६ हजार ५७५ जना निको भएका छन् भने ५० हजार ९४ को उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ५३ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन