मुम्बईमा कोरोना संक्रमित दुई प्रहरीको मृत्यु « Khabarhub

मुम्बईमा कोरोना संक्रमित दुई प्रहरीको मृत्यु


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको मुम्बईमा दुई जना प्रहरीको मृत्यु भएको छ ।

मुम्बई प्रहरीले ट्विट गर्दै दुई प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सेवरी थानाका एएसआई मुरलीधर बाघमारे र शिवाजी नगर थानाका नाइक भगवान पार्टेको कोरोना कारण मृत्यु भएको हो ।

महाराष्ट्रमा मुम्बई सबैभन्दा बढी प्रभावित भएको छ भने यहाँ प्रहरीमा पनि कोरोना संक्रमण बढी देखिएको छ । भारतमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २ हजार ५६४ जनाको मृत्यु भएको छ । विहीबार मात्र थप १३ जनाले ज्यान गुमाएका छन् । विहीबार थप १ हजार २७८ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमितको संख्या ७९ हजार ३३३ पुगेको छ ।

भारतमा हालसम्म २६ हजार ५७५ जना निको भएका छन् भने ५० हजार ९४ को उपचार भइरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  ९ : ५३ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै