काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका 'सिल' गर्न सुझाव | Khabarhub Khabarhub

काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका ‘सिल’ गर्न सुझाव


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यका नगरपालिका फोरमले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको आवतजावतमा थप कडाइ गर्न सुझाव दिएको छ ।

बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा फोरमले यस्तो सुझाव दिएको हो ।

नगरपालिका फोरमका अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको जोखिममलाई मध्यनजर गर्दै काठमाडौं प्रवेश गर्ने सबै सीमा नाका सिल गर्न सुझाव दिएको बताए ।

‘उपत्यका नगरपालिका फोरमले दिएका सुझावलाई पूर्णरुपमा पालना गर्न गृहमन्त्रीज्युसँग आग्रह गरेका छौँ,’ मेयर शाक्यले भने, ‘गृहमन्त्रीज्यूलाई उपत्यकाका नाकामा कडाई गर्ने भन्दा पनि प्रवेश- प्रस्थान विन्दूबाटै आवत–जावत रोक्ने कुरालाई कडाइका साथ पूर्णरुपमा पालना गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छौँ ।’

उनले आवत–जावतलाई कडाई गर्दै प्रस्थान विन्दुमै सबैलाई नियन्त्रण गर्नुका साथै अत्यावश्यक कामका लागि उपत्यका आउनुपर्ने व्यक्ति कुन पालिकामा आउने हो त्यहाँको पालिका र जिल्ला प्रशासनलाई समेत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न पनि आग्रह गरेको जानकारी दिए ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा लकडाउन खुकुलो बनाउँदा कोरोनाको संक्रमण जोखिम झन बढ्नेतर्फ सचेत गराए ।

‘सरकाले नेपाल फिर्ता भएका नागरिकको सबै तथ्याङक राख्नुपर्छ । त्योसँगै भारतबाट आउने फलफूल, तरकारी लगायतलाई बन्द गरी स्थानीय उत्पादनमा जोड दिन सुझाव दिएका छौँ,’ प्रजापतिले भने, ‘उपत्यका प्रवेशमा कडाई गरी काठमाडौं उपत्यकाको विकास निर्माणमा स्थानीय जनताको सहभागितालाई प्राथमिकता दिन पनि सुझाव दिएका छौँ ।’

बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, ताराकेश्वर नगरपालिका, टोखा नगरपालिका, शंखरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका र सूर्यविनायक नगरपालिकाका प्रमुख सहभागिता रहेको थियो

उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरुको साझा संस्था नगरपालिका फोरमले सरकारलाई यस अघि नै उपत्यका प्रवेशमा कडाई गर्न माग गर्दै आएको छ ।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १० : २४ बजे

मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप

अमेरिकी सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

एजेन्सी– अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।