मेक्सिकोमा विषाक्त मदिरा पिउँदा ४२ जनाको मृत्यु « Khabarhub

मेक्सिकोमा विषाक्त मदिरा पिउँदा ४२ जनाको मृत्यु


१ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा दाहसंस्कार कार्यक्रममा विषाक्त मदिरा पिउँदा कम्तीमा ४२ जनाको मृत्यु भएको छ।

त्यहाँका अधिकारीका अनुसार राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरू ११ जना जीवनमरणको दोसाँधमा छन्।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीय सरकारले जनाएको छ। मदिरा पिएपछि ती मानिसलाई वान्ता हुने र टाउको दुख्ने समस्या भएको थियो।

स्थानीय अधिकारीका अनुसार कोरोना भाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ। त्यही कारण मानिसले मिसावटयुक्त मदिरा पिएको बताइएको छ। गत महिना पनि अखाद्य मदिरा खाँदा पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : १ जेठ २०७७, बिहीबार  १ : २२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग