मुलुकका अधिकांश स्थानमा वर्षा हुने | Khabarhub Khabarhub

मुलुकका अधिकांश स्थानमा वर्षा हुने


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

प्रदेश ६ र ७ मा अहिले हल्का वर्षा भइरहेकोमा दिउँसोसम्म प्रदेश १, २ गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी क्षेत्रमा संक्रिय मनसुनी वायु र पश्चिमी भू-भागको पश्चिमी वायुको प्रभावले बिहान प्रदेश २, बागमती र ५ मा घाम लागे पनि मौसम बदली हुने महाशाखाको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित वर्षा हुने सम्भावना छ।

यस्तै राति प्रदेश २, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ७ : ३७ बजे

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद