मुलुकका अधिकांश स्थानमा वर्षा हुने « Khabarhub

मुलुकका अधिकांश स्थानमा वर्षा हुने


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा हुने भएको छ ।

प्रदेश ६ र ७ मा अहिले हल्का वर्षा भइरहेकोमा दिउँसोसम्म प्रदेश १, २ गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वी क्षेत्रमा संक्रिय मनसुनी वायु र पश्चिमी भू-भागको पश्चिमी वायुको प्रभावले बिहान प्रदेश २, बागमती र ५ मा घाम लागे पनि मौसम बदली हुने महाशाखाको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र ५ का केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित वर्षा हुने सम्भावना छ।

यस्तै राति प्रदेश २, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित वर्षाको सम्भावना छ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ७ : ३७ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा