नयाँ नक्सा प्रतिनिधिसभाबाट पास भएपछि विप्लवले गरे सरकारको प्रशंसा « Khabarhub

नयाँ नक्सा प्रतिनिधिसभाबाट पास भएपछि विप्लवले गरे सरकारको प्रशंसा


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले अतिक्रमित भूमि समेटर नयाँ नक्सा निकालेकोमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको प्रशंसा गरेका छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा शनिबार प्रतिनिधिसभाबाट पारित भएसँगै विप्लवले विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमको प्रशंका गरेका हुन् ।

यद्यपि, सरकारले स्वतस्फूर्त भन्दा पनि जनमत र संघर्षको दबाबमा परेर ओली सरकारले संसद्बाट नक्सा पास गर्न बाध्य भएको उनको भनाइ छ ।

‘सरकार संसद्को यो निर्णयले देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ,’ उनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘नक्सा मात्र परेर जनजागरणलाई मत्थर पार्ने कार्यमा मात्र सीमित नभइ, यथाशीघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौं ।’

उनले सरकारको मुख मात्र नताकेर देशको सार्वभौमिकता र स्वाधिनताका पक्षमा हरदम जागरुक रहन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १२ : १० बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः