एउटै वडामा १४० क्विन्टल लसुन उत्पादन « Khabarhub

एउटै वडामा १४० क्विन्टल लसुन उत्पादन


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का किसानले करिव १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ ।

उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर खड्काले १०६ क्विन्टल लसुन जिल्ला बाहिर निर्यात हुँदा १३ लाख भित्रिएको जानकारी दिए । यसबाट किसानले २०/२५ हजार रुपैयाँदेखि सवा लाख बढीसम्म आम्दानी गरेका छन् ।

वडा कार्यालयको पहलमा तीन लाख ५० हजार मूल्य बराबरको ३४ क्विन्टल लसुन बीउका लागि गाउँमै राखिएको छ । यो वर्ष किसानले लसुनमा प्रतिकिलो १०० रुपैयाँ पाएका छन् । गत वर्ष प्रतिकिलो ८० रुपैयाँमा लसुन बिक्री गरेका थिए ।

उत्पादित लसुनले बजार पाएपछि किसान हर्षित भएका छन् । दाङका व्यापारीले गाउँमै आएर लसुन खरिद गरेर लगेको किसानले बताएका छन् । दुई वर्ष अगाडिसम्म लसुनले बजार नपाएर चिन्तित बनेका किसानहरु गत वर्षदेखि भने वडा कार्यालयको पहलमा बजार पाएपछि लसुनखेतीमा आकर्षित भएका छन् ।

वडाका धेरै ठाउँमा लसुनखेती हुन थालेको किसान झुपलाल खड्काले जानकारी दिनुभयो । “उत्पादित लसुनले बजार पाउन थालेपछि वडाका धेरै ठाउँमा लसुनखेती हुने गरेको छ”, उनले भने, “गाउँबाटै व्यापारीले लसुन उठाउने गरेका छन्, सजिलै बिक्री हुन थालेपछि लसुन उत्पादनमा धेरैको आकर्षण बढेको छ ।”

उनले रु एक लाख २३ हजार मूल्यको लसुन बिक्री गरेको जानकारी दिए । यसैबीच वडा कार्यालयले नै किसानका लागि बीउको व्यवस्था गर्ने गरेको छ ।

यसका लागि दुई हजार २०० किलो लसुनको बीउ वितरण गरेको वडा कार्यालयले जनाएको छ । यसका साथै बजारीकरणमा पनि ध्यान दिएको वडाको भनाइ छ । स्थानीयसहित जिल्ला बाहिरका व्यापारीलाई गाउँमा ल्याउने काम वडाले गरिरहेको वडाध्यक्ष गोप्यश्वर केसीले बताए ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  २ : ०४ बजे

रोल्पाको थवाङमा जिप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं- रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका- बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल