एउटै वडामा १४० क्विन्टल लसुन उत्पादन « Khabarhub

एउटै वडामा १४० क्विन्टल लसुन उत्पादन


३२ जेष्ठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० का किसानले करिव १४० क्विन्टल लसुन उत्पादन गरेका छन् । वडाका झ्याङ, चौर, गलमपाटी, चुनलगायतका गाउँमा लसुनखेती गर्ने गरिन्छ ।

उत्पादित लसुन जिल्ला बाहिर निर्यात भएको छ । वडा सदस्य धनबहादुर खड्काले १०६ क्विन्टल लसुन जिल्ला बाहिर निर्यात हुँदा १३ लाख भित्रिएको जानकारी दिए । यसबाट किसानले २०/२५ हजार रुपैयाँदेखि सवा लाख बढीसम्म आम्दानी गरेका छन् ।

वडा कार्यालयको पहलमा तीन लाख ५० हजार मूल्य बराबरको ३४ क्विन्टल लसुन बीउका लागि गाउँमै राखिएको छ । यो वर्ष किसानले लसुनमा प्रतिकिलो १०० रुपैयाँ पाएका छन् । गत वर्ष प्रतिकिलो ८० रुपैयाँमा लसुन बिक्री गरेका थिए ।

उत्पादित लसुनले बजार पाएपछि किसान हर्षित भएका छन् । दाङका व्यापारीले गाउँमै आएर लसुन खरिद गरेर लगेको किसानले बताएका छन् । दुई वर्ष अगाडिसम्म लसुनले बजार नपाएर चिन्तित बनेका किसानहरु गत वर्षदेखि भने वडा कार्यालयको पहलमा बजार पाएपछि लसुनखेतीमा आकर्षित भएका छन् ।

वडाका धेरै ठाउँमा लसुनखेती हुन थालेको किसान झुपलाल खड्काले जानकारी दिनुभयो । “उत्पादित लसुनले बजार पाउन थालेपछि वडाका धेरै ठाउँमा लसुनखेती हुने गरेको छ”, उनले भने, “गाउँबाटै व्यापारीले लसुन उठाउने गरेका छन्, सजिलै बिक्री हुन थालेपछि लसुन उत्पादनमा धेरैको आकर्षण बढेको छ ।”

उनले रु एक लाख २३ हजार मूल्यको लसुन बिक्री गरेको जानकारी दिए । यसैबीच वडा कार्यालयले नै किसानका लागि बीउको व्यवस्था गर्ने गरेको छ ।

यसका लागि दुई हजार २०० किलो लसुनको बीउ वितरण गरेको वडा कार्यालयले जनाएको छ । यसका साथै बजारीकरणमा पनि ध्यान दिएको वडाको भनाइ छ । स्थानीयसहित जिल्ला बाहिरका व्यापारीलाई गाउँमा ल्याउने काम वडाले गरिरहेको वडाध्यक्ष गोप्यश्वर केसीले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  २ : ०४ बजे

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय