सङ्क्रमितको आफैँ व्यवस्थापन गर्दै माडी नगरपालिका « Khabarhub

सङ्क्रमितको आफैँ व्यवस्थापन गर्दै माडी नगरपालिका


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना भाइरस सङ्क्रमितको व्यवस्थापन माडी नगरपालिकाले आफैँले शुरु गरेको छ ।

नगरपालिकाले माडी क्याम्पसमा आइसोलेसन कक्ष निर्माण गरी त्यहीँ सङ्क्रमित राख्न थालेको छ । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार त्यहाँ सात सङ्क्रमित रहेका छन् ।

शुक्रबार सङ्क्रमण पुष्टि भएका आठमध्ये एक जनालाई भरतपुर अस्पताल पठाइएको छ भने सात जनालाई त्यहीँ राखिएको छ । माडी क्याम्पसमा १७ शय्याको आइसोलेसन तयारी अवस्थामा छ । १३ शय्या थप गर्न लागिएको ढकालले जानकारी दिए ।

उनीहरुलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । चिकित्सकसहितको स्वास्थ्य टोली त्यहीँ तयारी अवस्थामा राखिएको छ । माडीको बघौँडा अस्पतालमा दुई शय्याको भेन्टिलेटरसहितको सघन उपचारकक्ष निर्माण गर्न लागिएको छ । ढकालले भने, “भरतपुरको एक मेडिकल कलेजसँग छलफल भइरहेको छ । केही दिनमै हामी सघन उपचारकक्ष तयार गर्छौँ ।”

सङ्क्रमित दीर्घरोगी भएर ज्वरो आएमा भरतपुर अस्पतालको आइसोलेसनमा पठाउने भए पनि अन्यलाई माडीमै राखिने उनको भनाइ छ । सघन उपचारकक्ष बनेपछि सबैलाई माडीमा राखिने उनले बताए । नगरपालिकाले स्वाब परीक्षणका लागि किट आफैँले खरिद गर्न शुरु गरेको छ । पहिलो चरणमा २०० पिसीआर किट खरिद गरिएको उनले जानकारी दिए।

किट खरिदका लागि १० लाख विनियोजन गरिएको छ । ढकालका अनुसार रकम अपुग भएमा थप गरिनेछ । उनले भने, “हामी सङ्क्रमणमुक्त भएको प्रमाण हुने गरी परीक्षण गराएर मात्र घर पठाउँछौँ ।”

नगरपालिकामा स्थापना गरिएका १२ क्वारेन्टिनमध्ये पाँच वटामा मानिस छन् । त्यहाँ २३४ जना रहेका छन् । नगरपालिकाको तथ्याङ्कअनुसार भारतमा मात्र दुई हजार ८०० माडीवासी छन् । तेस्रो मुलकमा यो सङ्ख्या एक हजार ४०० रहेको नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जानकारी दिए । जिल्लामा पहिलोपटक नगरपालिकाले भारतबाट मानिस ल्याएको थियो ।

सङ्क्रमित भरतपुर अस्पताल सारियो

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको छ । कोरोना अस्पतालमा रहेका दुई महिलासहित १७ लाई शनिबार साँझ भरतपुर अस्पताल सारिएको हो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको छ । कोरोना अस्पतालको शौचालयमा समस्या देखिएको छ । यसैगरी पङ्खालगायतको मर्मतसम्भार गर्नुपर्ने भएपछि सङ्क्रमितलाई सारिएको हो । कोरोना अस्पतालमा हाल पाँच जना रहेका छन् । तिनीहरुमध्ये अधिकांशले १४ दिन पार गरेकाले घर पठाउने तयारी गरिएको छ ।

सङ्क्रमित भएको ठाउँमा मर्मतसम्भारको काम गर्न नमिल्ने भएकाले सङ्क्रमितलाई सारिएको हो । सो ठाउँलाई निर्मलीकरण गरेर मर्मतसम्भारपछि सङ्क्रमित राखिनेछ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार अस्पतालको हाडजोर्नी र सर्जरी विभागका सङ्क्रमितलाई स्थानान्तरण गरिएको छ । हाडजोर्नीकालाई स्पाइनल र सर्जिकललाई मेडिकल वार्डमा सारेर ठाउँ खाली गरिएको छ ।

ती दुई वार्ड र क्याबिनमा ६५ सङ्क्रमित राख्न सकिने तिवारीले जानकारी दिए । अस्पतालले कोभिड–१९ का लागि १० शय्याको सघन उपचारकक्ष तयारी अवस्थामा राखेको छ । सङ्क्रमित अरु थप भएमा विभाग खाली गर्दै लगिने उनले जानकारी दिए ।

भरतपुर अस्पतालमा रहेका नौमध्ये दुई घर फर्किँदैछन् । त्यहाँ थप १७ जना लगिएको हो । उनीहरुलाई अस्पतालको पछाडिपट्टिबाट छुट्टै बाटो बनाएर सो क्षेत्रलाई सिल गरी व्यवस्थित ढङ्गबाट राखिएको तिवारीको भनाइ छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १ : २४ बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले