लोकलाज त राखिदिनुहोस् प्रधानमन्त्री ज्यू– कांग्रेस नेता केसी | Khabarhub Khabarhub

लोकलाज त राखिदिनुहोस् प्रधानमन्त्री ज्यू– कांग्रेस नेता केसी


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सांसदहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कोरोना रोकथाम र भष्ट्राचार नियन्त्रणका लागि उचित काम गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विषेश समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताए ।

सरकारले केही काम गर्न नसक्ने र १० अर्बको खर्च देखाउने गर्दा नागरिकहरु आफै सडकमा उत्रिएको बताए । उनले नेपाल एयरलाइन्स चाटर्ड गर्ने नाउँमा ६/७ गुणा बढी पैसा पीडितबाट असुलेको आरोप समेत लगाए ।

सरकारका यस्ता गतिविधिबाट नागरिकहरु आफै सडकमा आई सरकार फाल्नुपर्ने अवस्था आयो भने लोकतान्त्रिक पार्टीका लागि शुभसंकेत नहुने बताए ।

उनले भने, ‘आज नेपाल एयरलाइन्सको प्लेन चार्टडको नाउँमा यहाँका ट्राभल एजेन्सीहरुबाट ६/७ टाइम्स भन्दा बढी पैसा असुली भइराखेको छ । यहाँ बोल्न नपर्ने सरकारले जनतालाई जे भनेपनि हुने जनताले सहिरहनु पर्ने फेरी हामी चुप लाग्नुपर्ने । अत्यन्त भयाभह अवस्था छ । यदि सडकबाट जनताले सरकार फाल्नु पर्‍यो भने लोकतन्त्र पार्टीको लागि शुभसंकेत हुन्दैन स्थिति यो आइसकेको छ ।’

३३ किलो सुनकाण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस लगायतका विषयमा अझै छानविन नगरी बसेकाले सरकार पूर्णरुपमा भस्ट्राचारको संरक्षक भएको प्रमाणित भएको बताए ।

उनले भने, ‘हामीले कहाँ सहयोग गरेनौं सेक्युरिटी प्रिन्टिङ प्रेसमा हामीले भन्यौं अहिले बेला होइन भनेर अहिले छताछुल्ल भएको छ । मन्त्रीले त ७० करोड रुपैयाँ माग्नुभयो भनेर आज राजीनामा गरेको अवस्था छ । यो सकरारको नैतिकता कहाँ छ ? अझ प्रतिपक्षले सहयोग गरेन प्रतिपक्ष अहिस्णु भयो भनेर भन्नुहुन्छ । लोकलाज त राखिदिनुहोस प्रधानमन्त्री ज्यू ।’

उनले सरकारले सरकारले केहीपनि काम गर्न नसक्ने तर त्यसको दोश कांग्रेसलाई लगाउने गरेको बताए । काम गर्न नसक्ने प्रधानमन्त्रीले प्रतिपक्षिले काम गर्न दिएन भन्ने अभिव्यक्ति दिन लोकलाज मान्नुपर्ने बताए ।

उनले भने, ‘प्रधानमन्त्री ज्यु लोकलाज त राख्नुस कांग्रेसले कहाँ सहयोग गरेको छैन् । हामीले भन्यौं वाइडबडीमा भस्ट्राचार भएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा अनियमितता भएको छ । हामीले भन्यौं हामी साढे चार अर्बको भ्रष्टाचार भएको छ तपाई हेर्दिनुहोस् । प्रधानमन्त्री ज्यूले भन्नुभयो उहाँले फैसला दिनुभयो भष्ट्राचार भएको छैन भनेर । ’

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १२ : ५२ बजे

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको