राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाए : पूर्वमन्त्री यादव « Khabarhub

राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाए : पूर्वमन्त्री यादव


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद मातृका प्रसाद यादवले राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै नेता यादवले धनुषा जिल्लामा विभिन्न अपराधिक घटना हुँदै आएको तर राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाइरहेको बताए ।

उनले अपराधिक घटनाहरु हुने र राजनीतिक आडमा जोगिने परम्परालाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।

धनुषा जिल्ला सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनाका एक ड्राइभर हिरासतमा परेको तर जेठ २७ गते हिरासतमै रहेको अवस्थामा सौचालयमा झुण्डिएको अवस्थामा फेला परेको सांसद यादवले बताए ।

उनले उक्त घटनामा पीडितका परिवारले झुण्ड्याइएर मारेको बताइरहेको र प्रहरी थानाले आफै झुण्डिएको बताएकाले छानविन हुनुपर्ने बताए ।

रुकुम घटना छानविन गर्न गठन भएको संसदीय समतिलाई नै छानविन गर्न जिम्मा दिनुपर्ने नेता यादवले बताए । त्यस्तै २७ गते नै सबैला नगरपालिकामा घरमा रहेका अरुणकुमार मण्डललाई रातको समय फोन गरी बोलाएर गोली हानी हत्या भएकोले उक्त घटनाको पनि निस्पक्ष छानविन गर्न माग गरे ।

२०६६ जेठ ४ गते जनकपुरबाट पैसा ल्याउँदै गर्दा हत्या भएको घटनाको अहिले सम्म छानविन हुन नसकेको भन्दै उनले छानविन गर्न माग गरे ।

दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रणमा ठूलो समस्या रहेको यादवले बताए । उनले कडा भाइरस आएको भन्ने प्रधनमन्त्रीलाई कडा खालको उपचारको व्यवस्था मिलाइदिन माग गरे । उनले प्रदेश नम्बर दुई सरकारले पनि कुनै प्रभावकारी योजनाका साथ कोरोना रोकथामका लागि काम गर्न नखोजेको बताए ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  १ : ०२ बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)