चीनको बेइजिङमा अकस्मात नयाँ कोरोना सङ्क्रमित भेटिए | Khabarhub Khabarhub

चीनको बेइजिङमा अकस्मात नयाँ कोरोना सङ्क्रमित भेटिए


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु फेरि एकाएक बढेका छन् ।

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार नयाँ ६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणमा आएको भनिएपनि अहिले पहिलो पटक एकै पटक धेरै जना सङ्क्रमित भेटिएका हुन् । राजधानी बेइजिङमा अहिलेसम्मकै धेरै सङ्क्रमित एकैपटक देखिएको उनीहरुको भनाई छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार ५७ जना पूर्ण रुपमा सङ्क्रमित भएका छन् भने अरु नौ जना सङ्क्रमणको पुर्वअवस्थामा रहेका छन् ।

सङ्क्रमितमध्ये ३८ जना आन्तरिक रुपमा सरेर सङ्क्रमित भएको पाइएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले अरु १०३ जनालाई पनि शंकास्पद मानेर क्वारेन्टाइनमा राखिएको बताएका छन् ।

आन्तरिक रुपमा सरेर सङ्क्रमित ३८ जना मध्ये ३६ जना बेइजिङका रहेका छन् भने अरु दुई जना लिओनिङ प्रान्तका रहेका छन् ।

पछिल्ला केही दिनमा बेइजिङमा मात्रै ४६ जना सङ्क्रमित भेटिएका छन् । यसलाई सरकारी अधिकारीहरुले आश्चर्यजनक मानेका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ३ : १७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले