रमाउँदै छन्, चेतनशील प्राणी ‘डल्फिन’ | Khabarhub Khabarhub

रमाउँदै छन्, चेतनशील प्राणी ‘डल्फिन’


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- दुर्लभ जलचर डल्फिन कैलालीको मोहना , पथरैया, काडानदीमा देखिन थालेका छन् ।

एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्न मन पराउने ग्याङ्गेटिक प्रजातिका डल्फिन भारतबाट कैलालीका ती नदीमा आइपुगेका संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।

“भारतको घाँघरा नदी हुँदै नेपालका यी नदीमा डल्फिन आउँछन्”, उन भने, “यसवर्ष करिब तीन साताअघि देखिएका छन्, अघिल्ला वर्ष असार १५ पछि मात्रै नदीमा देखिन्थे ।”

विश्वमै दुर्लभ स्तनधारी ती प्रजातिका डल्फिन कैलालीका नदीमा वर्षायाममा मात्रै देखिने गर्छन् । अन्य वर्ष असार दोस्रो, तेस्रो सातापछि देखिन्थे तर यस वर्ष समयमै पानी परेपछि जेठ अन्तिममै डल्फिन देखिएका संरक्षणकर्मीको भनाइ छ ।

ती नदीमा असारदेखि असोजसम्म डल्फिन देख्न पाइन्छ । शनिबार मोहना र पथरैया नदीको दोभान क्षेत्रमा दुईवटा डल्फिन देखा परेको संरक्षणकर्मी उपकेन्द्र ढुङ्गानाले बताए ।

“मोहना र पथरैयाको दोभानमा दुईवटा डल्फिन रमाइरहेका थिए”, उनले भने, “यहाँका नदीमा पानीको गहिराई कम हुने भएकाले बच्चा हुर्काउन भारतबाट वर्षेनी डल्फिन नेपालका नदीमा पुग्छन् । ”

यहाँका नदी स्वच्छ भएकाले पनि आउने गरेको बताइन्छ । नदीमा पानीको सतह बढेसँगै ती नदीमा वर्षायाममा डल्फिन देखा पर्ने गर्छन् ।

भारतको घाँघरा नदी हुँदै ती नदीमा वर्षेनी वर्षाद्को समयमा आउने डल्फिन अवलोकन गर्ने पनि बढ्दै गएका छन् । आन्तरिक तथा बाह्य देशबाट पनि डल्फिन अवलोकन गर्नेहरु आउने गरेका छन् ।

“विगतमा दैनिक १० देखि ४० जनासम्म नागरिक डल्फिन अवलोकनमा आउने गरेका थिए । गतवर्ष ४५ जना विदेशी नागरिक डल्फिन अवलोकनकै लागि आएका थिए । डल्फिन हेर्न नेपाली पर्यटकलगायत अमेरिका, इङ्ल्याण्ड, थाइल्याण्ड, अष्ट्रेलिया, फ्रान्स, भारतबाट वर्षायाममा पर्यटक आउने गरेका छन् ।

उनले भने, “हामी डल्फिनको संरक्षणमा जुटेका छौँ, यो क्षेत्रमा डल्फिनको आहारा माछा मार्न दिँदैनौँ । अवलोकनमा आउनेलाई डल्फिनबारे जानकारी दिन्छौँ ।”

विश्वबाटै दुर्लभ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि टीकापुर नगरपालिका–७ र भजनीका स्थानीयवासी जुटेका हुन् । खाली आँखाले समेत नजिकै डल्फिन हेर्न सकिने हुनाले ती नदीको दोभानलाई डल्फिन अवलोकन क्षेत्रका रुपमा विकास गर्न थालिएको छ । यहाँ स्थानीय तह मिलेर वर्षेनी डल्फिन महोत्सव गर्छन् ।

“डल्फिनको प्रचारप्रसारमा सहयोग होस् भनी स्थानीय तह मिलेर महोत्सव गर्छौं”, जोशीपुर गाउँपालिका–१ का वडाध्यक्ष विधिराम चौधरीले भने, “भ्रमण वर्ष, २०७५ को अवसरमा पनि महोत्सव गरेका थियौँ ।”

डल्फिन समुद्री स्तनधारी प्राणी हो । मानवपछिको चेतनशील प्राणी हो । यो जीवको ह्वेलसँग निकट सम्बन्ध छ । डल्फिनको १७ वंश र ४० प्रजाति रहेको संरक्षणकर्मी बताउँछन् ।

यो विश्वका सबै ठाउँमा पाइन्छ । खासगरी महाद्वीपीय तख्ताको समुद्री क्षेत्रमा डल्फिन पाइन्छ । यो मांसाहारी हुन्छ र सानो माछा र समुद्री जीव यसको मुख्य आहार हुने भएकाले माछा संरक्षण आवश्यक हुन्छ । डल्फिनको उत्पत्ति लगभग एक करोड वर्ष पहिले मियोसिनकालको समयमा भएको बताइन्छ ।

डल्फिनको बानी सधैँ खुशी रहने र मानिससँगको मित्रवत् व्यवहार मनपराउँछ । भारतको गङ्गा नदीमा पाइने डल्फिनलाई भारत सरकारले भारतको राष्ट्रिय जलीय जीव घोषित गरेको छ । डल्फिन संरक्षण र प्रचारप्रसारको अभियानले तीव्रता पाएको भए पनि नेपालका चार नदीमा डल्फिन पाइएको तथ्याङ्क रहेको संरक्षणकर्मी श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल जैविक विविधता अनुसन्धान समाजले विसं २०५९ भदौ ३१ गते वैज्ञानिक प्रद्धतिबाट कर्णाली र त्यसका सहायक नदीका १५ स्थानमा एकै समयमा डल्फिनको गणना गरेको थियो । गणनाका समयमा कर्णालीबाहेक अरू नदीमा डल्फिन फेला नपरेको उनले बताए ।

प्रदेश सरकारको सहयोगमा त्यहाँ डल्फिन अवलोकनका लागि भ्यू टावरसमेत निर्माण गरिएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ३ : २४ बजे

धनीमानीले उपचार नगराउने वीर अस्पताल, जहाँ बिरामीसँगै कुकुर गुडुल्किन्थे

डाक्टर त्यसमाथि शताब्दी नाघेको काया । यो उमेरमा पनि सामाजिक

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार

बागलुङ – नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण

लगातार बढ्यो डलर : शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय

कालिकोटमा भूकम्पको धक्का : १३ दिनमा पश्चिम नेपालमा सात वटा परकम्प

काठमाडौं – यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा