जरिवानावापत २ करोड राजश्व संकलन « Khabarhub

जरिवानावापत २ करोड राजश्व संकलन


३२ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा रु दुई करोड बराबरको राजश्व संकलन गरेको छ ।

गत चैत ११ देखि जेठ २८ गतेसम्मको तथ्यांकनुसार अनुचित व्यापारिक कारोवार गर्ने पसललाई कारवाहीस्वरुप जरिवाना गर्दा रु एक करोड ६५ लाख ५७ हजार राजश्व संकलन भएको जनाइएको छ । काठमाडौँ उपत्यका र अन्य जिल्लामा अनुगमन गर्दा १६२ पसललाई कारवाहीस्वरुप जरिवाना गरिएको विभागले जनाएको छ ।

बन्दाबन्दी अवधिमा काठमाडौँ उपत्यका र अन्य जिल्लाबाट आएको गुनासोलाई ध्यानमा राख्दै बजार अनुगमनलाई निरन्तरता दिएर अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार सरकारले अत्यावश्यक सेवामा राखेर सञ्चालन गर्न दिएका फर्मबाट नै बन्दाबन्दीको मौका छोपी कालोबजारी गर्ने गरेको सूचनानुसार कार्यालय समय नभनी बिहान र साँझसमेत अनुगमन गरी कारवाही गरिएको छ ।

अन्य जिल्लाका तुलनामा सबैभन्दा धेरै काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका फर्म नै कारवाहीमा परेका छन् ।
बन्दाबन्दीको शुरुका दिनमा विभागको टोल फ्री नम्बर ११३७ मा दैनिक तीन सयभन्दा धेरै गुनासो आउने गरेकामा पछिल्लो समय शून्यमा झरेको विभागका अधिकारीले जनाएका छन् ।

विभागको तथ्यांकानुसार शुरुआती दिनमा खाना पकाउने एलपी ग्यास, मास्क, पञ्जा र थर्मल गनमा कालोबजारी भएको भन्दै विभागमा उजूरी आउने गरेको थियो ।

उपभोक्ताको गुनासोअनुसार काठमाडौँ उपत्यकामा विभाग र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार अनुगमनलाई निरन्तरता दिइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार बन्दाबन्दी अवधिमा देशभर ६६७ फर्मको अनुगमन गर्दा २८४ फर्म सामान्यावस्थामा रहेको, १ ८४ फर्ममा कैफियत देखिएको र ३० फर्मलाई स्पष्टीकरणका लागि बोलाइएको थियो । यसैगरी रु ५१ लाख दुई हजार ६३३ मूल्य बराबरको म्याद सकिएका खाद्य सामग्री तत्काल नष्ट गर्ने वा सम्बन्धितकहाँ फिर्ता गर्न लगाइएको थियो भने तीन फर्मबाट परीक्षणका लागि नमूना लिइएको र ६ फर्मको कारोबार रोक्का गरिएको छ ।

विभागका तथ्यांकानुसार बन्दाबन्दी अवधिमा सुपरमार्केट, औषधि, खाद्य उद्योग, खाद्यान्न पसल, ग्यास पसल, पेट्रोल पम्प, अस्पताल, तरकारी तथा फलफूल पसल, दुग्धजन्य पदार्थको पसल, अनलाइन सपिङ, माछा तथा मासु पसल, सर्जिकल सप्लायर्सलगायत फर्मलाई अनुगमन गरी कारबाही गरिएको छ ।

सात फर्म कारवाहीमा

गत साउनदेखि जेठ २८ गतेसम्म एघार महिनाका अवधिमा अनुचित व्यापारिक कारोबार गरेकाले ६९१ फर्मलाई जरिवाना गरिएको छ ।

काठमाडौँ उपत्यका र बाहिर सञ्चालन भएका ती फर्मलाई जरिवानास्वरुप कारवाही गर्दा रु तीन करोड ८० लाख १६ हजार राजश्व संकलन भएको सूचना अधिकारी आचार्यले जानकारी दिए । चार हजार २५८ फर्मको अनुगमन र रु एक करोड ७१ लाख ३६ हजार आठ सय बराबरको अखाद्य वस्तुको नष्ट गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३२ जेठ २०७७, आइतबार  ८ : ५६ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका